Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आजको राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

संसार न्यूज़
२ हप्ता पहिले
यस्तो छ तपाईको आजको राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो,
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला । आशा देखाउनेहरूबाट उचित सहयोग प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ ।

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, ह
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ । अतिथिका रूपमा सम्मान प्राप्त होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । फजुल खर्च भने बढ्न सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा आलस्य गर्दा दुःख पाइनेछ । बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइएला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । अरूको सुझावमा भर नपर्नुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापारमा फाइदा हुनेछ । तर अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । तापनि मेहनतले अवसर दिलाउनेछ । कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ । अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । ईर्ष्या गर्नेहरूले पनि सताउनेछन् । पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा समय दिन नसकिएला ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
आफन्तको साथले उत्साह जगाउनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ हुनेछ । समय फुर्स्दिलो रहनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान पाइनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा नयाँ काम फेला पर्नेछ । कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल(अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । तर पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्न सक्छ । तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा सामान्य फाइदा हुनेछ ।

चैत ५ बुधवार मार्च १८
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ आजको राशिफल, ज्योतिष बरालका अनुसार आज यी राशिकालाई हुन्छ लाभ

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ५ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…