back

असीनाका कारण ज्यान गुमाएका परिवारलाई राहत दिइने

वि.सं.२०७६ चैत ५ बुधवार

114 

shares
NTC AD
Global IME AD

५ चैत, रुपन्देही । गत फागुन ३० र चैत १ गते अविरल वर्षासँगै परेको असिनाका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश ५ सरकारले राहत दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असिनाका कारण प्रदेशका १२ वटै जिल्लामा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी राहत प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत सम्बन्धित वडाको प्रभावित क्षेत्रको जनधनको क्षतिको विवरण माग गरिएको उनीले बताए ।कृषि उत्पादनमा भएको क्षतिको यकिनका लागि प्रदेशका सबै प्रजिअको नेतृत्वमा समिति गठन गरी अनुगमन गरी तत्काल विवरण ल्याउन निर्देशन जारी गरिएको प्रवक्ता चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा असिनाका कारण १० वर्षीय बालकको ज्यान गएको थियो भने अर्घाखाँचीको भूमिकास्थानमा शनिबार राति परेको भीषण वर्षापछि आएको खोलाले बगाएर एकजनाको मृत्यु भएको थियो ।मन्त्रिपरिषद बैठकले प्रदेश ५ को सञ्चार परिषद् गठन तथा सञ्चालन गर्ने व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणापत्रलाई स्वीकृत गरेको छ ।

सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा रहेको सो व्यवस्थाअनुसार सञ्चारमाध्यमको दर्ता अनुमति, आचारसंहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, वर्गीकरण, सञ्चालन र नियमन गर्नका लागि सो प्रस्तावलाई स्वीकृत गरिएको सरकारका प्रवक्ता चौधरीले जानकारी गराए ।

सरकारले दाङको लमहीमा अस्थायी ऊर्जा कार्यालय स्थापना गरी प्रदेशका सबै जिल्लालाई हेर्ने गरी कार्य सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो । बैठकले प्रदेश ५, सहकारी नियमावली, २०७६ लाई स्वीकृत गर्दै भूमि व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई समेत सैद्धान्तिक स्वीकृति दिएको छ । यसैगरी जीवनाशक विषादी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई समेत सरकारले स्वीकृति प्रदान गरेको प्रवक्ता चौधरीले जानकारी दिए । (रासस)

वि.सं.२०७६ चैत ५ बुधवार ०८:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...