Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस यस्तो छ तपाईको आज (चैत ६ गते) को राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
हेर्नुहोस यस्तो छ तपाईको आज (चैत ६ गते) को राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र भेटघाटले काममा उत्साह बढाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ । सामाजिक काममा पछि परिनेछ । अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ । काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डा
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, त
परिवारमा असमझदारी देखिएला । साथीभाइले साथ नदिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला । साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मनग्य धन आर्जन हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

चैत ६ बुधवार मार्च १९
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

यस्तो छ तपाईको आजको राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ५ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…