६ चैत, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका नतिजा सार्वजनिक गरेको छ ।
निर्देशनालयले बुधबार लेखा/पाईलट/प्राड/विभिन्न ट्रेडका प्राविधिक अधिकृत र प्राड जमदार पदका पुरुष उम्मेदवारहरुको शारिरिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
त्यसैगरी अमल्दार कर्मचारी पदका पुरुष उम्मेदवारहरुको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा पनि सार्वजनिक गरेको हो ।
वि.सं.२०७६ चैत ६ बिहीवार ०६:४७ मा प्रकाशित