back

फ्रान्समा कोरोनाको कहरः समस्यामा पर्नुभयो ? फोन गर्नुहोस् एनआरएनए फ्रान्सलाई

वि.सं.२०७६ चैत ८ शनिवार

180 

shares
NTC AD
Global IME AD

८ चैत, फ्रान्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सले कोरोना भाइरसको संक्रमण वा कुनै आशंका भएमा तथा आवस्यक सहयोगका लागि एनआरएनए फ्रान्सलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

परिषदले फ्रान्समा कोरोना भाइरसको जोखिम बढ्दै गएको तथा फ्रान्स सरकारले दिएको समय अवधिसम्म घरभित्रै रहन र अति आवस्यक कामबाहेक बाहिर नजान समेत अनुरोध गर्दै परिषद्ले आवस्यक सहयोगका लागि हेल्थ डेस्क गठन गरेको समेत जानकारी दिएको छ ।

परिषद्का अध्यक्ष नरेन्द्र शाही ठकुरी र महासचिव मिन श्रेष्ठद्धारा एक विज्ञप्ति जारी गर्दै फ्रान्समा रहेका कुनैपनि नेपालीलाई कोरोना भाइरसको संक्रमण वा आशंका तथा अन्य कुनै संकेत वा समस्या देखिएमा आवस्यक सहयोग जस्तै एम्बुलेन्स, हस्पिटल वा सम्बन्धीत निकायमा खबर गर्ने, प्रारम्भिक जानकारी दिने जस्ता कामहरुमा मद्दत पुर्याउन निम्न बमोजिम रहेको सहयोग समन्वय (हेल्प डेस्क) समिति गठन गरेको जानकारी गराएको छ ।

सम्पर्कका लागि अध्यक्ष नरेन्द्र शाही ००३३६२०४२९८००, महासचिव मिन बहादुर श्रेष्ठ ००३३६२८०४४७९०, पूर्वअध्यक्ष एक बहादुर मल्ललाई ००३३६५१९०८५७३ र लियोनमा ज्ञान बहादुर गुरुङ ००३३६२१९२८८७२ र गणेश श्रेष्ठ ००३३६४८१७०२५० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार फ्रान्समा अहिलेसम्म ४५० जनाको मृत्यु भइसकेको र १२ हजार ६१२ जनामा भाइरस संक्रमण भएको पाइएको छ ।

वि.सं.२०७६ चैत ८ शनिवार २०:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...