Sansar News- Nepal's Fast Khabar Online News Portal

कस्तो छ त तपाईको आज (९ चैत) को राशिफल ?

संसार न्यूज़
१ हप्ता पहिले
कस्तो छ त तपाईको आज (९ चैत) को राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ अवसर प्राप्त नभए पनि विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी समय बित्नेछ । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । प्रयत्न गर्दा लामो यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।

चैत ९ मार्च २२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, कुन राशिकालाई छ त आज शुभ ?

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ६ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ७ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…