back

कोरोना भाइरस रोकथामका लागि फेदीखोला गाउँपालिकाद्धारा हेल्थ हेल्प डेस्क स्थापना

वि.सं.२०७६ चैत ९ आइतवार

189 

shares
NTC AD
Global IME AD

९ चैत, काठमाण्डौं । स्याङजाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि हेल्थ डेस्कको स्थापना गरेको छ ।

आइतबारदेखि स्याङजा जिल्ला प्रवेशको कुभिन्डे नाकामा गाउँपालिकाद्धारा स्थापना गरिएको उक्त हेल्थ हेल्प डेस्कमा फेदीखोला गाउँपालिकाभित्र विदेशबाट आएकाहरुलाई पहिलो चरणमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाभित्र रहेको सिद्धार्थ बहुमुखी क्याम्पसमा २० वटा बेड व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् ।

जसमा वाइफाई, पिउने पानी, शौचालय सुविधा, स्वाथ्यकर खाजा एबंम खाना, उपयुक्त पुस्तक, पत्रपत्रिका, आवस्यक माग भएमा ल्यापटप र ट्यावलेटको समेत व्यवस्था गरिने पनि अध्यक्ष सुवेदीले बताएका छन् । साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारीवारीक बातावरण सृजना गरीने पनि उनी बताउँछन् ।

‘कृपया बिदेशबाट आउनु भएको महानुभाब गाउँपालिका प्रबेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नु होला । सम्भाबित ब्यबस्थापन वार्ड न .१ शिबालय आधारभूत बिधालय छापडाडा, दामगडे माबी, वार्ड न। ३ स्वास्थ्य चौकी, जनमुखी आधारभुत बिधालय, वार्ड न ४ आरुखर्कमा राम्चेदेबी आधारभुत बिद्यालय र टोड्के आधारभुत बिधालय र वार्ड न. ५ बागे स्वास्थय चौकी र मैदान माबिलाइ बिकल्पको रुपमा आबश्यक तयारीमा जुटीरहेका छौ ।’ अध्यक्ष सुवेदीले भनेका छन् , ‘कृपया तपाई हाम्रो सानो गल्तीले महामारी नियन्त्रणमा आउदैन र मानब जीवनमा तत्काल ठूलो क्षति हुने सम्भावना प्रबल छ , सकारात्मक तरीकाले आफ्नो जिम्मेवारी बहन गर्ने सम्पुर्णमा हार्दिक अपिल गर्दछौ ।’
अध्यक्ष सुवेदीले जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै विश्वमा फैलिएको महामारी कोरोना भाइरसलाइ साझा अभियानबाट अन्त्य गरौं भन्ने अपिल समेत गरेका छन् ।

वि.सं.२०७६ चैत ९ आइतवार १०:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...