९ चैत, काठमाडौँ । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । लोरेन्जोको उपचारका क्रममा शनिबार मृत्यु भएको भनेर उनका छोरा फर्नान्डाले ट्विटर मार्फत जानकारी दिएका हुन ।
लोरेन्जोले संन १९९५ देखी २००० सम्म रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको अध्यक्षतामा रियल मड्रिडले २ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।
वि.सं.२०७६ चैत ९ आइतवार १०:२६ मा प्रकाशित