Sansar News- Nepal's Fast Khabar Online News Portal

मन छुने समय सान्दर्भिक सन्देश, कतै तपाई पनि यहि गल्ति त गर्दै हुनुहुन्न ?

संसार न्यूज़
३ हप्ता पहिले
मन छुने समय सान्दर्भिक सन्देश, कतै तपाई पनि यहि गल्ति त गर्दै हुनुहुन्न ?

यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणमा रहेको छ । नेपालमा पनि कोरोना फैलन सक्ने भन्दै सावधानीका लागि सरकारले अत्यावश्यक कामबाहेक अरु काम घरबाटै गर्न सुझाव दिएका कारण शायद हामी धेरै घरै छौँ । छोराछोरी परिवार हामी साथै छौँ । यो बेला पारिवारिक वातावरण बन्न जरुरी छ ।

घरमा दिनभर समय काट्न गाह्रो हुन्छ भन्ने बाहनामा मोबाइल फोनमा त झुण्डि रहनुभएको छैन । यसले कतै तपाई भौतिक रुपमा परिवारमा भएपनि पारिवारिक वातावरण नबनेको अवस्था त छैन ।

पढ्नुस् यो सन्देश, यदि तपाईले पनि यस्तै गल्ति गर्दै हुनुहुन्छ भने तुरुन्त आफूलाई सुधार्नुस् ।

सन्देश :
एकरात म आफ्नो क्लासका बच्चाहरुको परीक्षा पेपर जेक गर्दै थिएँ । मेरो पति फोन लिएर मेरो साथै बसिरहेका थिए । उनी फोनमा गेम खेलिरहेका थिए ।अचानक मेरो आँखाबाट आँशु बग्न लाग्यो ।
यो देखेर मेरो पतिले मसँग सोधे ‘तिमी किन रोएको’ ।
मैले बताएँ ‘परीक्षामा मैले मेरो चाहना’ विषयमा निबन्ध लेख्न दिएको थिएँ ।
मेरो पतिले खाफ्नो मोबाइल गेममा आँखा पु¥याउँदै भने ‘यसमा रुनुपर्ने कुरा के छ र ?’
मैले आँखा पुछ्दै भने ‘म तिमीलाई पढेर सुनाउँछु एक बच्चीले के लेखिन् ।’

ती बच्चीले लेखेकी छिन् ‘मेरो अभिभावक आफ्नो मोबाइल फोनलाई अत्यन्त माया गर्नुहुन्छ । उहाँहरु फोनको यति धेरै सुरक्षा गर्नु हुन्छ की  मेरो बारेमा वास्ता गर्नै भुल्नुहुन्छ । जब मेरो बाबा बेलुका कामबाट थाकेर घर फर्किनु हुन्छ, त्यो समय उहाँलाई फोनमा कुरा गर्न समय मिल्छ, तर मेरो लागि समय दिन उहाँलाई समय हुँदैन । मेरो अभिभावक काममा व्यस्त हुँदा पनि मोबाइल बज्नासाथ तुरुन्त जबाफ दिनुहुन्छ, तर मेरो कुराको कुनै जवाफ दिनुहुन्न । उहाँहरु मोबाइलमा गेम खेल्नुहुन्छ, तर मेरो साथ खेल्नु हुँदैन । जब फोनमा कसैसँग कुरा गर्नुहुन्छ, उहाँहरु मेरो कुनै पनि कुरा सुन्नु हुँदैन, जबकी मेरो कुरा महत्वपूर्ण भए पनि । यसकारण मेरो चाहना यो छ की म मोबाइल फोन बनुँ ।’

यो सुनेर मेरो श्रीमानको आँखाबाट पनि आँशु भरिएर आयो ।
उनले सोधे ‘त्यो बच्चाको नाम के हो ?’
मैले बताएँ ‘उनी हाम्रै छोरी हुन्, छोरीले लेखेकी हुन् ।’

सांसारिक वस्तुका लागि आफ्नो परिवार कहिल्यै पनि टाढा नबनाऔँ । मोबाइल फोन हाम्रो जीवनको एक सुविधाको साधन मात्र हो । हामीलाई गुलाम बनाउनका लागि होइन ।

यदि तपाईले पनि आफ्नो परिवारलाई भन्दा मोबाइलमा बढी समय दिइ रहनु भएको छ भने यो सन्देश पढेपछि अवश्यक सुधार्नु हुनेछ नै । अझै पनि ढिला गर्नु हुँदैन । आफ्नो पारिवारिक जीवनमा फर्किऔँ । त्यो समय याद गर्नुस् जब मोबाइल थिएन । इन्टरनेट र मोबाइल गेम थिएन ।

केही समय मोबाइल फोन छेउमा राख्नुस् । आफ्नो बच्चा पतिपत्नि र आफनो आमाबुबालाई समय दिऔँ, उनीहरुको साथ गफ गरुँ । आफ्नो बच्चा तथा समाजको नजरमा एक सकरात्मक उदाहरण बनौँ, नकरात्मक होइन । माया दिन जान्यौ भने, हामीलाई पनि माया मिल्छ ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…