Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आज (चैत १० गते) को राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

संसार न्यूज़
४ महिना पहिले
यस्तो छ तपाईको आज (चैत १० गते) को राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझदेखि अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । अनियन्त्रित खर्च बढ्न सक्छ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । साँझतिर दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । कामबाट मनग्गे फाइदा उठाउन सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । साँझदेखि तारिफयोग्य कामले प्रतिष्ठा दिलाउनेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बेलैमा समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ । कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । आफैं प्रयास गर्दा काम रोकिने समय रहेकाले शुभचिन्तकहरूलाई अघि बढाउनुहोला । प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । साँझदेखि अरूका काममा अलमलिनुपर्ला । विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ । वादविवादले साथीभाइ टाढिन सक्छन् ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ । अप्रिय समाचारले पनि चिन्तित तुल्याउन सक्छ । साँझदेखि स्थितिमा सुधार आउनेछ । मिहिनेतले पुरुषार्थी काम सम्पादन हुनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । मिहिनेतले विशेष उपहार समेत दिलाउन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ । साँझतिर कामको चाप बढ्नेछ र घरेलु समस्याले पनि सताउन सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला । बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले मात्र फाइदा दिलाउनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन हुनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

चैत १० सोमवार मार्च २३
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

कस्तो छ त तपाईको आज (९ चैत) को राशिफल ?

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…