Sansar News- Nepal's Fast Khabar Online News Portal

यो बेला देशलाई आत्मनिर्भर बनाउने विषयमा छलफल गर्नुपर्नेमा नेता शाहको जोड

संसार न्यूज़
२ महिना पहिले
यो बेला देशलाई आत्मनिर्भर बनाउने विषयमा छलफल गर्नुपर्नेमा नेता शाहको जोड

११ चैत्र, काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले यो बेला देशलाई आत्मनिर्भर बनाउने विषयमा छलफल गर्नु पर्नेमा जोड दिएका छन् ।

‘हामीले भूकम्पको अवसरलाई सदूपयोग गर्न सकेनौंं तर यो कोरोना आतंकको बेला देशलाई आत्मनिर्भर बनाउने बारे बहस छलफल गर्नुपर्नेमा’ उनको जोड छ ।

उनले पूर्बिय दर्शनको मान्यतामा उभिएर, संस्कृत शिक्षा, आयुर्बेद, हाम्रा मौलिक धार्मिक संस्कार, मेलापात, जात्रा, कृषि, पर्यटन, जलश्रोत र खनिज उत्खननलाई नेपालको प्रमुख आर्थिक नीति बनाउन आफ्नो तर्फबाट प्रस्ताव समेत पेश गरेका छन् ।

उनी भन्छन् :
“मेरो मान्यता के हो भने – कोरोनाका कारण , हामी घर भित्र स्वैच्छिक नाकाबन्दीमा बसेका छौ । यो बेला कोरोनालाई भगवान सम्झेर उसको बाहेक अरुको नाम नै लिनुहून्न, साथी भाई आफ़ंत संग यो बाहेक अन्य विषयमा चर्चा बहस छलफल नै गर्नु हूदैन भन्ने मान्यताको बिरोधी हो म चाही ।
संसारको युद्दको इतिहास हेर्नुस – भीषण युद्धमा पनि हजारौ प्रेमका चर्चा भएका छन । त्यसैले घर बसेर फ़ोन मार्फत , इण्टरनेट मार्फत साथी भाई आफ़ंत, देश समाज ,सबको चर्चा हुनु पर्छ । गर्नु पर्छ । पूर्णरूपको एकान्तबासले माँछेलाई आत्महत्याको लागी प्रेरित गर्न सक्छ त्यसैले बुझौ कुरा । साबधानी अपनाउदै घर भित्रबाट पनी सामाजिक जिबनलाई सामान्य बनाउने प्रयत्न गरौ ।

–  सरकारले नै देश बन्द गरेको यो बेलामा इण्टरनेट पूर्णरूपले निशुल्क़ गरोस। इण्टरनेटको माध्यमबाट हामी सबैले एक अर्कालाई सहज रूपले संबाद गर्न पाऊँ ।

– हामीले भूकम्पको अवसरलाई सदूपयोग गर्न सकेनौ तर यो कोरोना आतंकको बेला देशलाई आत्मनिर्भर बनाउने बारे बहस छलफल गरौ ।

– पूर्बिय दर्शनको मान्यतामा उभीएर, संस्कृत शिक्षा, आयुर्बेद, हाम्रा मौलिक धार्मिक संस्कार,  मेलापात, जात्रा,  कृषि, पर्यटन, जलश्रोत र खनिज उत्खननलाई नेपालको प्रमुख आर्थिक नीति बनाऊँ भन्ने मेरो प्रस्ताव छ। तपाईहरूको बिचार पनि प्रस्तुत गर्नुस भन्ने निबेदन गर्द्छु । जय नेपाल ।”

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…