back

कोरोना विरुद्ध लड्न काँग्रेसको तर्फबाट ५० लाख सहयोग

वि.सं.२०७६ चैत ११ मंगलवार

165 

shares
NTC AD
Global IME AD

११ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस९कोभिड १९० विरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा ५० लाख उपलब्ध गराउने जनाएको छ ।

काँग्रेसले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ५० लाख प्रदान गर्ने घोषणा गरेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको जोखिम सामाना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्म गर्ने निर्णय गरेको जनाइएको छ ।

यसअघि नेपाली काँग्रेसका पार्टीका संघीय सांसदहरुले पन्द्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) रोगको संक्रमण फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि सरकारले  कोषको स्थापना गरेको हो ।

इच्छुक व्यक्ति वा संघसंस्था जोकोहीले कोषमा सहयोग गर्न सक्छन् । त्यसका लागि राष्ट्रिय बाणिज्य बैंकको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ को नाममा रहेको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिन्छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १८:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...