back

निर्माण व्यवसायीका तर्फबाट एक करोड सहयोग

वि.सं.२०७६ चैत १२ बुधवार

153 

shares
NTC AD
Global IME AD

१२ चैत, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।

महासङ्घको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।

महासङ्घले मंगलबार बिहानदेखि चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । कोभिड–१९ भाइरसका कारण आउनसक्ने विषम परिस्थितिको पूर्वतयारीअनुसार गरिएको ‘लकडाउन’को निर्णय महासङ्घले स्वागत गर्दछ”, महासचिव दाहालले भने ।

महासङ्घले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षितरुपमा बस्न सबैलाई आग्रहसमेत गरेको छ । अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासङ्घले अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत १२ बुधवार ०७:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...