मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना भनौ वा हातहतियार नलिईकन । छुट्टि लिन वा जागिर छोड्न उसको ईथिक्सले दिदैन रे ? त्यो एक्काईस बाईस वर्षे अल्लारे केटीमा जति जिम्मेवारी बोध तपाईं परिपक्क मानिसमा नआएको देख्दा अचम्म लाग्छ । मेरा दिदीबहिनीहरूअस्पतालमा डियुटी गै रहेछन् म घरमा बसेर छट्पटी रहेको छु ।
उसँग जाँदा जस्तो उत्साह फर्कदा रहदैन । आफूसँगै कोरोन भाईरस आएको छ कि डराउदै आउछे । डिउटी आठ घण्टाबाट बढाएर बाह्र घण्टा पु¥याएको छ । उसले र उसका साथीहरूले तलब बढोस् काम अनुसारको सुविधा खै ? भनेर नेताले जस्तो माग राखेका छैनन् र राख्दैनन् पनि । तर पिपिए (ब्यक्तिगत सुरक्षा कबच) पाए हुने भन्ने चाहना राख्नु गलत होईन । किनकि विरामीबाट उनीहरू मात्र संक्रमित हुने होईन धेरै विरामी हेर्नु पर्ने हुदा एकबाट अर्कोमा उनीहरूबाटै पनि सर्न सक्छ ।
युद्ध विनै, हतियार नभइ, दुश्मनी नभइकन पनि विश्व यसरी आतङ्कित हुदो रहेछ । हामीले देख्दै र भोग्दैछम् ।
सुन्दा सामान्य भएपनि उपचार विधि र औषधीको पत्तो नलाग्दा कोरोना भाईरसले डरलाग्दो रुप लिदै छ ।
प्राय सबै देशहरू लक डाउन गरिरहेछन् जसरी हाम्रो देशले गरेको छ तर तपाई हामी चै हेलचक्राई गरिरहेका छौ ।
कोरोनाबाट मात्र होईन यति खेर तपाँई लडेर, टाउको दुखेर, पेट दुखेर, खुट्टा भाँचेर कुनै पनि कारणले अस्पताल जान नपर्ने गरि आफ्नो ख्याल गरेर बस्नुस ।
लक डाउन भएपछि मेरी छोरीले भनेकी थिई ;थ्याङस गढ कमसेकम एक्सिडेन्ट केश त नआउने भयो ।’
तपाई लडेर अस्पताल जानू पर्ला रे कोरोना सर्यो भने ?
होसियार भौ । खेलाचि नसम्झौ ।
जिज्ञासा :
अनि साँचै सात प्रदेशका प्रमुखहरू सेवा सुविधाको माग गर्दै डेलिगेसन आउनु भएको थियो कहाँ पुग्नु भयो होला ?
(साहित्यकार गीता रेग्मीको फेसबुक वालबाट)
वि.सं.२०७६ चैत १२ बुधवार १०:४५ मा प्रकाशित