back

अत्यावश्यक सेवा लिंदा अपनाउनुपर्ने सतर्कता

वि.सं.२०७६ चैत १२ बुधवार

120 

shares
NTC AD
Global IME AD

कोरोना भाइरस(कोभिड १९) का कारण यतिबेला देश लकडाउनको अवस्थामा छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि सकेसम्म घरबाट बाहिन ननिस्कनु राम्रो हो, यदि निस्कुन परेको खण्डमा सावधानी अपनाउन जरुरी छ । न्यायाधिस टिएन कुँवरले अत्यावश्यक सेवा लिंदा अपनाउनुपर्ने सतर्कताबारे केही टिप्स प्रस्तुत गरेका छन् ।
उनी भन्छन् :

“मानौं कि हामीसंग घरमा भएको कुनैपनि नभई नहुने खाद्यवस्तु वा औषधी सकियो। केही कुरा किन्नु अति आवश्यक भयो। अब पसलमा खरिद गर्न जानु पर्यो। सो काम कसरी सुरक्षासाथ सम्पादन गर्ने । आजको अवस्थामा यो कुरा चुनौतिपूर्ण छ। सेवाग्राहीको मात्र नियन्त्रणमा छैन। साहुजीले पनि विचार गर्नुपर्ने हुन्छ । यस अवस्थामा भाइरस सर्ने जोखिम हामी वरिपरि उपस्थित हुने नै भयो । भरदिन घरमा लक डाउनमा बसेपनि जरुरी आवश्यकताले यो जोखिम निम्तियो।

यतिखेर यस संभावनाबाट कसरी जोगिने भन्ने सतर्कता प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ। त्यसका लागि देख्दा झन्जटिलो र अव्यवहारिक लाग्ने तर व्यवहारमा जसरी पनि उतार्नुपर्ने मेरा केही सुझावहरु यस्ता छनः

– प्रथमतः कामचलेसम्म घरमा उपल्ब्ध सामानबाटै दैनिकी चलाउँ।
– नभइ नहुने चिजवस्तु खरिद गर्न परेमा मात्र सबैभन्दा नजिकको पसल रोजौं।
– सस्तो वा अधिक गुणस्तरको खोज्न भनी टाढा टाढा नजाऔं।
– गइसकेपछि अलि दिनलाई पुग्नेगरी ल्याऔं।
– के के चाहिने हो कपिमा सूची नै बनाएर जाऔं।
– यस्तो घडीमा सूची पेश गरी सामान लिनु सहज र व्यवस्थित तरिका हो।
– पटक पटक पसल धाउने अवस्था आफैले सिर्जना नगरौं।
– सामान लिन जाँदा पञ्जा र मास्क लगाएर जाऔं।
– पकेटमा स्यानीटाइजर बोकेर जाउँ।
– झञ्जट नमानी एउटा लिरिल वा डेटोल साबुन र एक बोतल पानी नै बोकेर जाउँ।
– यी चिजहरु आवश्यकतानुसार ठाउँको ठाउँ प्रयोग गरौं।
-हामीसंग पञ्जा त के मास्क पनि नहुन सक्छ।
– त्यसको विकल्प जोहो गरेर जाऔं।
– मास्कको विकल्प सफा कपडाले २/३ पल्ट बेरेर नाकमुख छोप्ने हुन सक्छ।
– पञ्जाको विकल्प प्लाष्टिक झोला दुवै हातमा बाँध्ने हुनसक्छ।
– पसलमा पक्कै पनि भिडभाड हुनसक्छ।
– सचेत ग्राहकले साहुजीलाई अनुरोध गरौं किः
– कृपया ग्राहक महानुभावहरु यहाँहरु कम्तिमा दुई दुई मिटरको दुरी कायम गरी लाईनमा बसिदिनुहोला।
– पालैपालो म तपाईंहरुको सेवा टक्र्याउने छु भनेर साहुजीले नै भनिदिनुहोस ।
– अनि ठूलो अक्षरमा सूचना नै लेखेर पसलमा टाँसिदिनुहोस ।
– साहुजी पनि मास्क र पञ्जा लगाएर बस्नु पर्दछ।
– दुइ मिटर दूरी कायम गरेर सामन अर्डर गरौं।
-बिल तयार भएपछि पैसा र सामान लेनदेन गर्दा सबैभन्दा बढी खतरा त्यहाँनेर हुन्छ।
-अब यसमा के गरौं भने सधैं सामान लिने र चिनेजानेको पसल छ भने एकै पटक बिल तिर्ने गरी पनि हिसाब राख्न सकिने भयो।
– यो त दुइ पक्ष बिचको विश्वासनियता र आवश्यकताले निर्धारण गर्ने कुरा भयो।
– तुरुन्त बिल भुक्तानी गर्दा दुरी कायम गरी रकम दिने सामान लिने।
– पैसा फिर्ता लिंदा हातले नसमाउने। दिने पक्षबाट झोलामा राख्न दिनु बेस हुन्छ।
-नोटहरु धेरैतिर भ्रमण गरि आएका हुन्छन् र तिनमा संक्रमणको जोखिम बढी हुन्छ।
– अब सामान बोकेर घरमा त आइयो। कसरी थन्को लगाउने।
– ग्यालन बोतल पकेट इत्यादि हो भने मजाले आँगनमा राखेर साबुन पानीले बाहिरबाट मिचिमिचि पखाल्ने।
– तरकारी र खाद्द भएमा भूईंतलाको एक्लो ठाउँमा १२ घण्टा राखेपछिमात्र त्यसको प्रयोग गर्ने।
– त्यसैले भोलिको लागि चाहिने सामान भोलि नै हैन कि एक दिन अघि खरिद गर्ने।
– पसल जाँदा आउँदा बाटोमा पनि तपाईं हामी कसैमा संक्रमण भइरहेको हुन सक्छ।
– कोही हिंडिरहेको छ भने नजिकै नजाने। दुरी कायम गरि नै रहने।
– कसैले हाच्छ्युँ गर्दै हिंडिरहेको देखेमा बाटो बदलेर हिंड्ने।
– घरमा फर्कीसकेपछि साबुन पानीले राम्रोसंग हात धुने।
– अति आवश्यक नपरेसम्म घरबाट कुनै हालतमा पनि बाहिर नजाने। ”

 

वि.सं.२०७६ चैत १२ बुधवार १७:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...