Sansar News- Nepal's Fast Khabar Online News Portal

भ्रमबाट नआत्तिइ सरकारको निर्देशन पालना गर्न प्रवासी नेपाली एकता मन्च बेलायतको अनुरोध

संसार न्यूज़
२ हप्ता पहिले
भ्रमबाट नआत्तिइ सरकारको निर्देशन पालना गर्न प्रवासी नेपाली एकता मन्च बेलायतको अनुरोध

१२ चैत, काठमाण्डौं । प्रवासी नेपाली एकता मञ्च बेलायतले विश्वमा फैलिएको कोरोना भाइरसको महामारी र त्यसका बारेमा विभिन्न सोसियल मेडियामा दैनिक भ्रम सिर्जना गर्ने खालका सामग्री पोष्ट भएको र यस्ता भ्रमपूर्ण समाचारबाट नआत्तिन बेलायतवासीमा अनुरोध गरेको छ ।

मन्चले बेलायतमा लिला बहादुर राई र बेलायती नागरिक गरेर ३०० बेलायती नागरिकको कोभिड १९ बाट मृत्यु भएको बताउँदै मृतकहरुप्रति श्रद्धान्जलि व्यक्त गरेको छ ।

कोरोना भाइरसको उच्च जोखिममा बेलायत पनि परिसकेको र यसबारे बेलायतका प्रधानमन्त्रीलेनै दैनिक जानकारी दिइरहेको अवस्थामा भ्रामक समाचारका पछि नलाग्न मन्चले अनुरोध गरेको हो ।

यसैबीच कोभिड १९ बाट नेपाली समुदायलाई सावधानी रहन र आवस्यक परे सहयोगका लागि बेलायतस्थित नेपाली दूतावासले सहयोग समिति गठन गरिसकेको र नेपाल पत्रकार महासंघ,एनआरएनए युके लगायतका सबै संघसंस्थाले स्वयम्सेवीरुपमा काम थालिसकेको तथा मन्चले पनि यस कार्यमा सहकार्य गरिरहेको जानकारी दिएको छ ।

मचका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव शुरेस गौतमले एक विज्ञप्ति जारी गर्दै बेलायती सरकारको निर्देशन पालना गर्न जोड दिँदै पारिवारीक रेखदेखमा ध्यान दिन पनि बेलायतवासीलाई अनुरोध गरेका छन् ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…