back

साथी हो, ह्विस्कीले कोरोना भाइरसलाई मार्दैन

वि.सं.२०७६ चैत १२ बुधवार

144 

shares
NTC AD
Global IME AD

 

म किन यो भनिरहेछु भने कोरोना संक्रमणको नियन्त्रण गर्न घरभित्र बस्ने तर लिभर संक्रमणले अस्पताल जानुपर्ने धेरै भइयो भने अर्को संकटकाल आपतकाल निम्त्याउँछ ।

संसारभर सम्वन्धित सबै सरकारले बाहिर हिँडडुल गर्न रोक प्रतिबन्ध लगाएको कोरोना भाइरस रोक्न हो । साथै इम्युन बढाउन पनि हो । आफू जन्मेको गाउँमा बिहान फोन गरें । नेपालमा दिउँसोको खाजा खाने बेला भएको थियो । साथी हरुलाई कस्तो छ भनि सोधे धादिङ मलेखुमा । एक जना मित्रले त घर भित्र नजरबन्द होलिडे ह्विस्की र वियर खाएर मनाइरहेका बसिरहेका छौं भन्नु भयो ।

वहाँले ह्विस्कीले स्यानिटाइजरको काम गर्दो रहेछ । बाहिर हातमा लगाएर साबुन पानीले हात धोए ह्विस्कीले कोरोना भाइरस मार्छ भन्नुभयो । ह्विस्की शरिर भित्र पुर्याए भित्रको कोरोना भाइरस मार्छ रे भन्नु यो । यसमा स्वास्थ्य संम्वन्धी जनचेतना बढाउनु पर्ने देखियो । लक डाउनलाई होलिडे पर्वको रुपमा केहि हद प्रयोग गरी वियर र ह्विस्की ड्रिंक गर्न थालेको देखियो । यो एक हद सहि होला वा गलत होला मलाई थाहा छैन । यो त स्वास्थ्यकर्मीले भन्ने कुरा हो । तर ह्विस्कीले शरिरभित्रको संक्रमण मार्ने काम गर्दैन । धेरै ह्विस्की प्रत्येक दिन खाँदा लिभरलाई क्षति पुर्याउँछ । धादिङ्ग मलेखुका अधिकांश मेरो साथीहरु होटल व्यवशाय गर्दछन् । हाउस लक अप होलिडे मानी प्रत्येक दिन ह्विस्की सेवन गर्दा अझै जोखिम निम्त्याउला ।

बेलायतमा रहेका मेरा केहि साथीहरु पनि घरभित्र २४ घण्टा बिताउन गाह्रो भयो । हामी त अलि अलि ह्विस्की शुरु गर्न लागेउँ भन्नु भयो । पिउने नपिउने तपाईंको अधिकारको कुरा हो। पिय पनि १ –२ पेग मात्र प्रिस्काइब अनुसार पिई दिनुहोला । बिशेष गरी जहाँ गए पनि यसो हेर्दा पिउने कम्पिटीशनमा हामीहरु अलि माथी नै छौं । म पनि त्यसमा पर्छु होला ! तर आजकाल निकै कम गरेको छु । तसर्थ सर्वत्र लकडाउन हुने नाममा नेपालको धेरै मानिसहरु यसो गरेका हुन सक्छन् र बेलायतमा हामी नेपाली हरुपनि ।

म किन यो भनिरहेछु भने कोरोना संक्रमणको नियन्त्रण गर्न घरभित्र बस्ने तर लिभर संक्रमणले अस्पताल जानुपर्ने धेरै भइयो भने अर्को संकटकाल आपतकाल निम्त्याउँछ । बिशेष गरि नेपालको ठेक्का पट्टा गर्ने व्यापारीहरु र राजनीतिज्ञहरुलाई यो पिउने लत बढि सर्वेक्षणमा देखिएको छ । यसलाई अन्यथा नलिई घरभित्र बस्दा इन हाउस एक्सरसाइज गरी पिउनै मन लागेमा १–२ पेग हुस्की मात्र पिईदिनु होला । किनकी यो सुन्दर संसार तपाईंको लागी हो । यो संसारमा रमाउन हामी पहिला बाचौं । अरुलाई पनि बचाऔं ।

वि.सं.२०७६ चैत १२ बुधवार १९:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...