Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियामा कोरोना, एनआरएनए र बिद्यार्थी

चन्द्र तिवारी, अष्ट्रेलिया
६ महिना पहिले
अष्ट्रेलियामा कोरोना, एनआरएनए र बिद्यार्थी

कोरोनाले विश्व नै आक्रान्त भैरहेको समय हो यो ।  संसारभर छरिएका नेपाली बिद्यार्थी जस्तै अष्ट्रेलियाका नेपाली बिद्यार्थी पनि मर्कामा परेका छन् । तुलनात्मक रुपमा अन्य नेपालीहरु कम जोखिममा छन्, उनीहरु सरकारी राहतको दायरामा पर्ने छन् ।

मानबअधिकारको प्रत्याभूति र लोक कल्याणकारी राज्य ब्यवस्था भएको मुलुकमा सरकारले दैनिक गाँस बासमा जटिलता आउन पक्कै दिने छैन । तसर्थ गैरबिद्यार्थी बर्गका नेपालीहरु ठुलै संकटमा हुनुहुन्न ।

कोरोनाको प्रकोप फैलिदै जाँदा र राज्य पूर्णरुपमा आफ्ना नागरिक बचाउन केन्द्रित हुँदै जादा बिद्यार्थीहरु साहाराबिहिन हुने सम्भावना छ । हरेक राज्यका आफ्नै सामथ्र्य र प्राथमिकता हुन्छन् ।

सकेसम्म नेपाली बिद्यार्थीहरु गम्भिर संकटमा नपरुन भन्नका लागि केही पूर्व तयारी जरुरी छ ।

धेरैलाई लाग्छ नेपालीहरुको अभिभावाक एनआरएनए हो । तसर्थ एनआरएनएले बिद्यार्थीहरुको समस्याको समाधान गर्नुपर्छ । यो सत प्रतिसत सत्य होइन । बिभिन्न जिम्मेवार संस्था मध्य एनआरएनए पनि एक हो ।

नेपाली नागरिक समस्यामा परेमा मुख्य जिम्मेवारी नेपाली दूताबासको हुन्छ । बिद्यार्थीहरुले तिरेको फीबाट आफ्नो ब्यापार धानेका भ्मगअबतष्यल ऋयलकगतिबलअथ हरु (एक्का) पनि उत्तिकै जिम्बेवार हुनु पर्दछ ।

समाधान के ?
नेपाली दूताबास एक्का, एनआरएनए लगायतको भ्हउभचत हरुको टोली गठन गरेर समस्याको क्ष्मभलतषथ गरी कुन समस्या कुन निकायले समाधान गर्न सक्छ त्यो पत्ता लगाइ सम्बन्धित ठाउँमा दबाब दिनु पर्छ ।

प्रधानमन्त्री लाई याचनापत्र पठाउनु भन्दा बरु सिधै विश्व बिधालयका संचालकसँग बसेर दोहोरो छलफल गरेर एक सेमिस्टारको फि मिनाहा सम्म गराउन सकियो भने ठूलै कल्याण हुन्थ्यो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…