Sansar News- Nepal's Fast Khabar Online News Portal

लकडाउनको अवज्ञा गर्नेलाई बेल्जियम सरकारले ल्यायो यस्तो कडा कानुन

संसार न्यूज़
६ महिना पहिले
लकडाउनको अवज्ञा गर्नेलाई बेल्जियम सरकारले ल्यायो यस्तो कडा कानुन

१३ चैत, बेल्जियम । बेल्जियम सरकारले आफ्नो आदेश अवज्ञा गर्नेहरुका लागि कडाई गर्ने भएको छ ।

प्रजातन्त्र र मानवअधिकारका नाउँमा नागरिक स्वछन्दता दिने युरोपेली मुलुकमध्येको बेल्जियमले बाध्य भएर कडाई गर्नु परेको जनाएको हो ।
बेल्जियमको ‘द ब्रसेल्स टाइम्स’ का अनुसार जता मन लाग्यो हिँड्ने र अवज्ञा गर्ने नागरिकलाई तत्कालै २५० यूरो सजाय तथा व्यापारीक केन्द्र क्याफे र तोकिए बमोजिमका क्याफे र खाना नखुवाउने अन्य रेष्टुरेण्ट तथा पसललाई ६५० युरोसम्म जरीवाना हुने जनाइएको छ ।

गेण्टका महान्यायधिवक्तालाई उदृत गर्दै सो अखवारले सरकारले पर्याप्त सूचना जारी गर्दा पनि अटेर गर्ने र मानवस्वास्थ्यमा आघात पुर्याउनेहरुलाई हुने कारबाही थपिन सक्ने र कडाइ बढ्ने समेत जनाएको छ ।

पहिलोपटक कारवाहीमा परेर दोश्रोपटक गल्ती गर्नेहरुलाई ३ महिनासम्म जेल पठाउन सकिने र ४ हजार युरोसम्म जरीवाना हुनसक्ने भनिएको छ । कोरोना प्रभाव र पीडितका बारेमा जथाभावि लेख्ने तथा खाने कुरामा यताउता गर्नेलाई जेल राखिने समेत बताइएको छ ।

स्मरण रहोस् युरोपको स्पेनमा कुकुरको अधिकार र वंगुरको अधिकार भन्दै जनावरलाई डोर्याएर सडकमा हिँड्दै अवज्ञा गरिएका समाचार यसअघि प्रकाशित भएका थिए ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…