Sansar News- Nepal's Fast Khabar Online News Portal

बुटवलभरीका मजदुर र विपन्न वर्गको लगत राख्दै उपमहानगरपालिका, छुटेकालाई नाम लेखाउन अनुरोध

संसार न्यूज़
२ हप्ता पहिले
बुटवलभरीका मजदुर र विपन्न वर्गको लगत राख्दै उपमहानगरपालिका, छुटेकालाई नाम लेखाउन अनुरोध

१३ चैत, बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरका सम्पूर्ण मजदुर र अति विपन्न वर्गको लगत संकलन गर्ने जनाएको छ ।

उपमहानगरका प्रमखु शिवराज सुवेदीले विहिबार नगरवासीका नाममा सम्बोधन गर्दै १० वटै वडा समिति र टोल विकास संस्थाहरुले लगत संंकलन गर्ने काम गरिरहेको र छुटेकाहरुले सम्बन्धीत टोल विकास संस्थाका अध्यक्ष मार्फत वडा समितिका अध्यक्ष समक्ष विवरण पठाउन अनुरोध समेत गरेका छन् ।

त्यसैगरी प्रमुख सुवेदीले बुटवल कोरोना अस्पताल र क्वारेन्टाइनका सम्बन्धमा, खाद्यान्न संकट र भोकमरी आउन नदिनका लागि गरिएका पूर्व तयारीका विषयमा तथा विभिन्न वडाहरुमा तरकारी उपलब्ध हुने स्थानहरुका विषयमा जानकारी समेत दिएका थिए ।

त्यस्तै प्रमुख सुवेदीले लकडाउनको पूर्ण पालना गर्नका लागि विशेष अपिल गर्दै संकटको समयमा बुटवलवासीको रक्षाका लागि सम्पर्ण सार्मथ्यका साथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? १ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…