Sansar News- Nepal's Fast Khabar Online News Portal

बीमा समितिको बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन

संसार न्यूज़
६ दिन पहिले
बीमा समितिको बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन

१३ चैत्र, काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन जारी गरेको छ ।

समितिले बिहिबार एक परिपत्र मार्फत चैत्र महिना भरिका लागि न्युनतम सेवा उपलब्ध गराउन तथा कम्पनीहरुले दिने सुबिधा संचार माध्यम तथा सामाजिक सञ्जालहरु मार्फत जानकारी गराउन सो निर्देशन जारि गरेको हो ।

चैत्र मसान्तसम्म जीबन बीमाको शुल्क संकलन नगर्न तथा पछि पनिब्याज नलिन, समयाबधी सकिएका बीमितले बिद्युतीय माध्यमबाट गरिएको बीमालेखको आधारमा बीमलेख नबिकरण गर्ने व्यवस्था गर्न, अभिकर्ताको इजाजत नबिकरण गर्न चैत्र मसान्तसम्म जरिबाना नलाग्ने, सर्भेयर इजाजत पत्र नबिकरण गर्न पनि चैत्र मसान्तसम्म जरिबाना नलाग्ने, निर्जीबन बीमा गर्नेहरुको प्रमाण बिद्युतीय माध्यमबाट पनि स्विकार गर्ने र दाबी भुक्तानी नरोक्ने तथा बीमकले अबधी समाप्त भएका बीमितको रकम बिद्युतीय माध्यमबाट खातामा जम्मा गर्ने व्यवस्था मिलाउने लगायतका निर्देशन जारि गरेको छ ।

हाल नेपालमा १९ वटा जीबन, २० वटा निर्जीबन र एक पुनर्बीमा गरि कूल ४० वटा बीमा कम्पनीहरुले सेवा दिईरहेका छन ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ६ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ७ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…