back

कोरोना भाइरसको कहरः क्वारेन्टिनमा बस्दा यस्ता भोजन खानुहोस्

वि.सं.२०७६ चैत १६ आइतवार

189 

shares
NTC AD
Global IME AD

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण देखिएको पुष्टि भइसकेको छ । भलै यहाँ महामारीको रुपधारण गरिसकेको छैन ।

चैत १६ आइपुग्दासम्म उपत्यकामा तीन र उपत्यका बाहिर धनगढीमा दुई गरी जम्मा पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भए पनि एक व्यक्ति निको भइ घर फर्किसकेका छन् । बाँकी चार व्यक्तिमध्ये एकको सेती प्रादेशिक अस्पताल धनगढीमा, बाँकी दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक युवतीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

नेपालमा यो रोग विदेशमा रहेका नेपालीका कारण फैलिरहेको छ । यसबाट जोगिन सरकारले जनताको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै एकान्तवासमा बस्न अनुरोध गरेको छ । एकान्तवासम रहँदा व्यक्तिगत स्वास्थ्यलाई विशेष ध्यान, डर, त्रासमा नरही संयमित बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटक–पटक अनुरोध गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस रोगलाई महामारीको सूचीमा सूचीकृत र विश्व आपतकालीन अवस्थाको घोषणा गरेको समयमा सरकारको आदेश पालन गर्नु जिम्मेवार नागरिकका कर्तव्य हुन्छ ।
सरकारले चैत ११ देखि १८ सम्म आम नेपालीलाई आ–आप्mना घरमा एकान्तवासमा बस्न आग्रह गरेको हो । सोहीअनुसार झण्डै तीन करोड नेपाली अहिले एकान्तवासमा छन् । प्रहरी अधिकृत विश्वनाथ जिसीका अनुसार एकान्तवासबाट जबर्जस्त बाहिर निस्कन खोज्नु, जाँडरक्सीको सेवन गर्दै मात्तिएर सडकमा हिँड्नु, शान्ति सुरक्षामा खटिएका प्रहरीलाई अटेर गर्नु, एकान्तवासबाट बाहिर गई एकापसमा जम्मा हुनु र जुवातास तथा क्यारिम बोर्ड खेल्नु पनि सरकारलाई अटेर गरेको ठर्हछ ।

धार्मिक ग्रन्थ निर्णय सिन्धुले एकान्तवासमा बस्दा हल्का खानेकुरा जस्तै– फलफूल, सागसब्जी, गेडागुडी, टुसा उम्रेका अन्न, जौँको सातु, अन्नबालीबाट तयार गरिने झोलिलो पदार्थ (सुप) खान सुझाएको छ । एकान्तवासमा बस्दा शारीरिक परिश्रम नपर्ने भएकाले अनावश्यक पोषिलो खाद्यान्न खादा शरीरलाई अनावश्यक बोझ हुने र पचाउन गाह्रो पर्ने भएकाले कब्जियत रोगको शिकारबाट जोगिन हल्का र पचाउन सजिलो हुने प्रकृतिका खाद्यान्न खाना चिकित्सकले सुझाव दिएका छन् ।

शीर मेमोरियल अस्पतालका चिकित्सक डा अमिश कार्कीले कोरोना भाइरस सङ्क्रमण हुँदैमा मानिसको मृत्यु नहुने तर कोरोनाका भाइरसलाई विस्थापित गर्न शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने प्रकृतिका खाद्यान्न खानुपर्ने सुझाव दिएका छन् । डा कार्कीले कोरोना सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका उदाहरण दिनुहँुदै रुघाखोकी लाग्दैमा कोरोना हँुदैन, कोरोना लाग्दैमा मानिस मर्दैनन्, यद्यपि डर, त्रास र चिन्ताले आत्मविश्वास गुमाइयो भने मर्नलाई बेर लाग्दैन भन्छन् ।

पोषणविद् सुशीलादेवी शर्मा एकान्तवासमा रहँदा शाकाहारी खाना खानु स्वास्थ्यका लागि राम्रो हुने बताउछीन् । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता ज्याँदा हुने, शाकाहारी खाना छिटो पच्ने, कोल्स्ट्रोल, मधुमेह तथा कब्जियत हुन नदिने जसका कारण मुटु, उच्च रक्तचाप तथा मिर्गोलालाई फाइदा पुग्ने बताउँछीन् ।

श्वासप्रश्वासबाट कोरोना भाइरस छिटो सर्छ । यस्ले बूढापाक, मधुमेह, मुटुरोगी तथा मिर्गोलाका रोगीलाई तत्काल असर गर्ने भएकाले समेत शाकाहारी भोजन फाइदाजनक हुने बताइन्छ । साथै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति बढाउन कागती, सुन्तला, अमला, गोलभेडा, काउली ब्रोकाउली तथा झोलिलो पदार्थ प्रशस्त खान चिकित्सकहरुले थप सुझाव दिएका छन् ।

डिसेम्बरको अन्तिम दिन चीनको वुहान शहरमा पहिलोपटक नयाँ भाइरस भेटिएको चिकित्सकहरुले चीन सरकारलाई जानकारी गराइएका थिए । जनवरी–३ मा ४४ व्यक्तिमा यो रोग एकैपटक देखिएपछि जनवरी ७ बाटै चीन सरकारले उपचारमा तदारुकता देखाउँदै बिमारीलाई आइसोलेसनमा राखेर उपचार शुरु ग¥यो । सङ्क्रमण देखिएको सात दिनमै चीनले कडा सुरक्षाका बीच वुहान लकडाउन गरेर उपचार थाल्दा बेइजिङ, साङ्घाई, गुयोन्जडोङमा कोरोना फैलिसकेको थियो । फलस्वरुपः चीनले कडारूपमा जनतालाई निगरानीमा राख्यो र त्यहाँ जनताले सरकारको आदेश पूर्णरूपमा पालना गरेअनुसार हाल चिनियाँ जनतामा नयाँ कोरोना भाइरस देखिएको छैन । हाल चीनमा देखिएको नयाँ सङ्क्रमण चिनियाँ जनतामा नभई अन्यत्रबाट आएका नागरिकमा देखिएको हो ।

डब्लुएचओले जनवरी ११ र १२ मा चीनको स्वास्थ्य आयोगसँग परामर्श गर्दा आयोगले वुहानस्थित सामुद्रिक खाद्यान्न बिक्री केन्द्रमा भेला भएका ग्राहकमा कोरोना भाइरस देखिएको हुनसक्ने अनुमान गरेका थिए । कोरोना भाइरस फैलिएको २३ दिनपछि अर्थात् जनवरी २३ मा डब्लुएचओले स्वास्थ्य आपतकाल घोषण गर्दासम्म विश्वमा सतर्कता र सावधानीको सन्देश प्रवाह भइसकेको थियो ।

यद्यपि यस अवधिमा इटाली र अमेरिकामा सरकारको सन्देशलाई अवज्ञा गरेकै कारण अहिले त्यहाँ कोरोना भाइरसको महामारी तीव्रगतिमा फैलिरहेको डब्लुएचओले दाबी गरेको छ । मार्च २६ तारिखमा एशियाका धेरै चिकित्सकले अमेरिकालाई सावधानी अपनाउन अमेरिकी राष्ट्रपतिलाई खुलापत्र लेखेका छन् । सरकारको निश्चित आदेशलाई पूर्णरूपमा पालन गरेकै कारण शुरुमै कोरोना भाइरसको सङ्क्रमण देखिएका देशहरु क्रमशः थाइल्याण्ड, जापान र गणतान्त्रिक कोरियामा नयाँ सङ्क्रमण नगन्य देखिएको छ ।

कोरोना भाइरस महामारीकै रुपमा फैलिरहेको छ । मार्च २९ (आज) तीन हजार ५०७ को मृत्यु, ६६ हजार ६०१ नयाँ सङ्क्रमण, २५ हजार ४१२ को अवस्था चिन्ताजनक देखिएको तथ्याङक वल्र्ड मिटरले सार्वजनिक गरेको छ । वल्र्ड्मिटर संयुक्त राष्ट्रसङ्घ (युएन) विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्रा्ष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञसमूह सहभागी रहेको संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दछ । रासस

वि.सं.२०७६ चैत १६ आइतवार १२:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...