Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण, अवस्था गम्भिर

संसार न्यूज़
२ महिना पहिले
कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण, अवस्था गम्भिर

१६ चैत्र, जाजरकोट । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

गएराति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ । भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो ।

छेडगाउँ नगरपालिकाका प्रमुख लालबहादुर महताराका अनुसार सिहंको अवस्था गम्भिर रहेको छ । एउटा खुट्टा धुलोपिठो छ, अर्को खुट्टा पनि भाँचिएको छ, शरीरका ठाउँठाउँमा निलो डामहरु छन्, टाउकोमा चोट लागेको छ, बान्ता पनि गर्नुभएको छ, उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने भनिएपनि सम्भव नभएकाले नगरपालिकाकै गाडिमा नेपालगञ्जको कोहलपुर ल्याइने लागिएको उनले जानकारी दिए ।

किन कुटपिट गरियो भन्ने जानकारी नभएको र यसबारे अनुसन्धान हुने उनले बताए ।

घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गरेका छन् । दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

वडाध्यक्ष सिंहमाथि गएराति भएको आक्रमणप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गरेकी छन् । उनले कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारवाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गरेकी छन्।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…