Sansar News- Nepal's Fast Khabar Online News Portal

गोरखालाई हिमाली क्षेत्रको मान्यता दिन माग

संसार न्यूज़
४ वर्ष पहिले

२४ साउन, गोरखा । गोरखाका १२ राजनीतिक दलले राज्यको पुनःसंरचना गर्दा गोरखालाई हिमाली क्षेत्रमा समावेश गर्नुपर्ने माग गरेका छन् ।

उत्तरी गोरखाका सातवटा गाविस हिमालपारि भए पनि स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको कार्यसर्त तथा कार्यविधिले हिमालपारिका गाविस भएको गोरखालाई पहाडी क्षेत्रमा मात्रै राखिएकामा दलका नेताले आपत्ति जनाएका हुन् ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सरोकारवालासँग आइतबार सदरमुकाममा गरेको अन्तक्र्रियामा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति हरिबहादुर घलेले उत्तरका नौ गाविस गाभिँदा पनि एउटा गाउँपालिका निर्माण गर्न नसकिने भन्दै हिमाली क्षेत्रका रुपमा मान्यता दिन सरकारसँग आग्रह गर्नुभएको हो ।

पहाडी क्षेत्रको मापदण्डअनुसार उत्तरी भेगका केरौँजा, उहिया, सिर्दिबास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पार गाविस गाभ्दा एउटा गाउँपालिका गठन नहुने अवस्था देखिएको भन्दै दलले गोरखाको ३० प्रतिशत क्षेत्र हिमाली मापदण्ड र बाँकी क्षेत्र पहाडी मापदण्डअनुसार पुनःसंरचना गर्नुपर्नेमा जोड दिएका हुन् । हिमाली भेगमा बस्ती नभएको लमजुङलाई कार्यविधिमा ३० प्रतिशत हिमाली क्षेत्रको मापदण्डमा राखिएको भन्दै गोरखाका दलले उत्तरी गोरखालाई पनि लमजुङसरहकै मापदण्ड दिनुपर्नेमा जोड दिएका छन् ।

पहाडी क्षेत्रमा एउटा गाउँपालिका गठन गर्न २५ हजार जनसङ्ख्या चाहिन्छ । यस्तै हिमाली क्षेत्रमा १५ हजार भए पुग्ने कार्यविधिमा उल्लेख छ । हिमाली क्षेत्रमा नगरपालिका गठन गर्ने हो भने २० हजार जनसङ्ख्या चाहिन्छ ।

यस्तै हिमाल र पहाड मिसिएका क्षेत्रमा गाउँपालिका गठन गर्न २५ हजार जनसङ्ख्या आवश्यक पर्छ भने सोही ठाउँमा नपा निर्माण गर्ने हो भने ३५ हजार जनसङ्ख्या आवश्यक पर्ने कार्यविधिमा उल्लेख छ । पहाडी भेगमा नगरपालिका बनाउन ४५ हजार जनसङ्ख्या चाहिन्छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…