Sansar News- Nepal's Fast Khabar Online News Portal

विश्वव्यापी महामारीमा नेपालको सुस्त शैली

संसार न्यूज़
२ महिना पहिले
विश्वव्यापी महामारीमा नेपालको सुस्त शैली

विश्व जगत नै अहिले कोरोना भाइरसको संक्रमणबाट फैलिएको महामारीसँग जुधिरहेको छ । नेपाल पनि यस महामारीको चपेटामा परेको छ भलै स्थिति भयावह भएको छैन् । यो सुखद विषय हो ।

प्रवासमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारीबाट विचलित नभएको नाताले लामो समयको अन्तरालमा यसपटक मैले केहि नलेखी रहन सकिनँ । यद्यपि मैले के गरिरहेको छु अन्य व्यक्तिले मूल्यांकन गर्ने विषय हो यो ।
सर्वविदितै छ कोरोना भाइरसको उद्गमस्थल चिनको वुहान हो । र गतसाल डिसेम्वरदेखी नै यो संक्रमण फैलिने क्रम सूरू भएको हो ।

चीनको वुहान शहरमा रहेका नेपाल फर्किन इच्छुक १७५ जना नेपाली नागरिकलाई हवाईजहाज पठाएर स्वदेश फिर्ता ल्याइ तिनीहरूलाई १४ दिनसम्म खरिपाटी, भक्तपूरमा क्वारेनटाइनमा राख्ने उचित व्यवस्था गरेर सरकारले जनताको मन जित्ने कार्य गर्यो । ती सबैमा कोरोना भाइरसको संक्रमण देखिएन । सरकारको यो अभिभावकिय कार्य सराहनीय रह्यो ।

छिमेकी मुलुक चीन र नेपालका जनताको आवागमन भइरहेको सन्दर्भमा नेपालले सजग हुदै सतर्कता कुन स्तरमा अपनाउनु पथ्र्यो त्यो भएन । जनताको स्वास्थ्यको हितलाई ध्यानमा राखेर संक्रमणबाट बच्न र नियन्त्रण गर्न परिक्षणको दायरा सातवटा प्रदेशहरूमा समयमा नै विस्तार गर्न सक्नुपथ्र्यो । अहिले बल्ल परिक्षणको दायरा त्यहांसम्म विस्तार गर्ने कार्यले गति लिदैछ ।

विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखीममा रहेको विषय पटक–पटक सार्वजनिक गरेको जगजाहेर छ । यद्यपि करिव ३ महिनाको यस अवधिमा नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले मार्च महिनाको दोस्रो सातासम्म खासै विशेष महत्व दिएर महामारी नफैलियो्स भनेर सीमा नाकाहरू बन्द गर्न र अन्तरराष्ट्रिय उडानहरूको आवागमन स्थगन गर्न तदारूकता देखाएको थिएन ।

अर्कोतर्फ, देशको प्रतिष्ठित चिकित्सकले कोरोना भाइरसको संक्रमणको आशंका गरेर परिक्षण गर्न पठाएको व्यक्तिलाई पनि परिक्षण नगरेर संबन्धित अस्पताल (प्रयोगशाला)ले फिर्ता पठाएको विषय पनि सार्वजनिक भएका थिए । अस्पतालमा परिक्षण किटहरूको अभावका कारण नै यसको दायरा फराकिलो हुन नसकेको तथ्य लुकेको छैन ।

चिकित्सक र स्वास्थ्यकर्मीहरूको लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू मास्क, पिपिइ, गगल्स, सर्जिकल ग्लोब्स् आदिको नै अभावले गर्दा उपचारमा खटिनु पर्ने चिकित्सक र स्वास्थ्यकर्मी नै भयभीत र त्रासदीको अवस्थामा रहेका समाचार पढ्नुपर्दा स्वास्थ्य मंत्रालय र यसका जिम्मेवार पदाधिकारीको कार्यशैलीको गति जनता सामु उदाङ्गो भएको छ ।

ढिलै गरेर भए पनि अन्ततः मार्च महिनाको तेस्रो साताबाट देश तथा विदेशमा रहेका नेपालीहरू र नागरिक समाजको दबावमुलक आग्रहपछि नेपाल सरकारले महामारीको जोखिमलाई कम गर्ने उद्देश्यले सकारात्मक निर्णयहरू गर्दै देशलाई लकडाउन गर्यो । सरकारले लकडाउन अवधि पुनः एक साता थप गरेर २५ चैत्र सम्म पुर्याएको छ । साथै श्रम गरेर जीविका चलाउने विपन्न वर्गको हितलाई ध्यानमा राखेर सहयोग गर्ने सकारात्मक निर्णय पनि यस महामारी नियंत्रणको लागि गठित उच्च स्तरीय समितिले गरेको छ । यो निर्णय स्वागतयोग्य छ ।

स्वास्थ्य मंत्रीको कार्यशैली र गतिविधिको चौतर्फी आलोचना पछि धेरै ढिलै गरेर भए पनि चीनबाट स्वास्थ्य सामाग्रीहरू नेपाल आइपुगेको छ । चीनका अलिबाबा फाउन्डेशन र चीन सरकारका तर्फबाट अनुदानस्वरूप प्राप्त स्वास्थ्य सामाग्री र नेपाल सरकारका तर्फबाट खरीद गरेको स्वास्थ्य सामाग्रीहरूको मूल्यमा भने ठूलो अन्तर रहेको देखियो । नेपाल सरकारले दश गुणा अधिक मूल्य तिरेर खरीद गरेको स्वास्थ्य सामाग्रीप्रति जनताले अनियमितता भयको छैन भनेर विश्वास गर्न सक्ने आधार देखीदैन । यसको खण्डन गर्ने उद्देश्यले स्वास्थ्य मंत्रालयको प्रेस मिटमा मंत्रालयका महानिर्देशक डा महेन्द्र प्रसाद श्रेष्ठले विश्व बजारमा नै अभावको अवस्था भएको कारण केहि महगो खरीद गरिएको भन्ने बचावटको झिनो प्रयास गरे पनि त्यसलाई विश्वास गर्ने ठोस आधार छैन ।

अन्त्यमा, वास्तवमा यस्तो महामारीमा देशका सबै तह र तप्का मिलेर त्यसका विरूद्ध जुध्ने समय हो । ठुला धनाढ्यहरू र अन्य क्षेत्रका वित्तीय संघ संगठनले आर्थिक सहयोग गरेर सरकारलाई महामारी नियंत्रण गर्न सहयोग पुर्याऊनु पनि सबैको दायित्व हुन्छ । यदि सरकारका जिम्मेवार पदाधिकारीहरूले यस संक्रमणबाट देश र जनतालाई माथि उठाउने नाममा गल्ति र कमजोरी गरेका छन् भने त्यसलाई ढाकछोप गर्नु हुदैन । सरकारले ती गल्ति र कमजोरी औल्याइदिने व्यक्तिलाई पनि सरकारलाई सहयोग गरेको रूपमा नै बुझ्नुपर्दछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…