Sansar News- Nepal's Fast Khabar Online News Portal

संकटमा पनि लुटपाट मच्चाउनु पूँजीवादीहरुको खास धर्म हो- नेता न्यौपाने

संसार न्यूज़
२ महिना पहिले
संकटमा पनि लुटपाट मच्चाउनु पूँजीवादीहरुको खास धर्म हो- नेता न्यौपाने

१८ चैत्र, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता लेखनाथ न्यौपानेले ‘संकटमा पनि लुटपाट मच्चाउनु पूँजीवादीहरुको खास धर्म’ भएको ठोकुवा गरेका छन् ।

कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य मन्त्रालयले चीनबाट सामान किनेर ल्याउने क्रममा भ्रष्टाचार भयो भन्ने टिकाटिप्पणी आइरहेको तर्फ इंगित गर्दै उनले यस्तो भनाइ सार्वजनिक गरेको अनुमान गरिएको छ ।

तितो यथार्थ बोल्नै पर्ने भयो भन्दै उनले भनेका छन् :

‘यो पूँजीवादी व्यवस्था हो ।
– यो व्यवस्थाले गरिब मजदुर, किसान र आर्थिक अवस्था कमजोर भएका जनताको पक्षमा काम गर्ने यसको धर्म नै होइन ।
– चामलको पोको बोकेर घर जादै गर्दा प्रहरीको निर्घात लाठी खाने सप्तरीका दुई युवा, धार्चुलामा (भारत) मा वन्दी बनाइएका चार सयभन्दा बढी मजदुरहरू र महाकालीमा फाल हाल्ने त्यो युवा अनि गड्डा चौकी नाकामा जम्मा भएर ‘हामी नेपालीलाई नेपाल पस्न दे’ भनेर नारा लगाउने सयौँ नेपालीहरू सबै गरिब हुन् ।
– यस्ता तमाम जनतालाई पूँजीवादी व्यवस्था र यसका संचालकहरूले लुटपाट बाहेक अरू केही गर्दैन ।
– जुनसुकै पार्टीको नाममा लुके पनि,
देश जस्तोसुकै संकटमा परेपनि संकटमा पनि लुटपाट मच्चाउनु पूँजीवादीहरुको खास धर्म हो ।
– भ्रष्टाचार ठालु र सत्तासिनहरूले गर्छन् ।
– भ्रष्टाचार पूँजीवादको कर्म हो ।
– भ्रष्टाचार तल्लो तहका जनतामाथिको लुटपाट हो ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…