विसौ सताब्दीको आधासम्म विश्वमा ईसाईहरू ठूल्ठूला विश्वयुद्ध वा अन्य युद्ध गर्दै निरन्तर आपसमा लड्दै मरे र ध्वस्त वने । बिसौं सताव्दीको उत्तरार्द्ध देखि हालसम्म करोडौं ईस्लामहरू मध्यपूर्व र अफ्रिकामा लड्दै÷मर्दै छन् । हिन्दू धर्मवालम्बी इतिहासमा यसरी लड्दै भिड्दै कहिल्यै ध्वस्त भएनन् । बरू ईस्लामहरू यता आएर हिन्दूका पवित्र स्थल ध्वस्त पार्दै हिन्दूलाई लखेट्दै जनै काट्दै गए । अंग्रेजहरूले शिक्षाप्रणाली र हाम्रा धर्मग्रन्थलाई अपभ्रंश पारेर हिन्दूहरूको ब्रेनवास गरेर आफैप्रति घृणा गर्ने विष पिलाए । जसको स्वाभाविक प्रतिक्रिया स्वरूप अहिले भारत हिन्दूबादी बिजेपीद्वारा लगभग सवै क्षेत्र शासित छ र हिन्दू पुनर्जागरण हुदैछ । यसको प्रत्यक्ष प्रभाव निकट भविष्यमा नेपालमा पनि अवश्य पर्नेछ र यसले नेपालमा कसैकसैलाई दुःखान्त जीवनमा घचिट्ने संभावना पनि छ । यदि यहाँका सरकार र जनता आपसमा मिलेर सद्भाव र आपसी सम्मानका साथ शान्तिपूर्ण सहअस्तित्व कायम गर्न चुकेर पश्चिमा चतुरहरूको लहलहमैं भड्काउबादी रवैया कायम गर्ने र सरकार मुकदर्शन हुने भैरहेमा दुखद तर स्वाभाविक परिणति बेहोर्नु पर्नेछ । यस्तोमा सरकार मात्रै हैन पूरा शासन प्रणाली पनि दुर्घटनामा फस्ने छ ।
चाडपर्व परम्परा संस्कृति र संस्कृत साहित्य भाषा वेद पुराण उपनिषदले आकार दिएको मुलुकमा १०० जना मन्त्रीमा एकजना मन्त्री पनि संस्कृत भाषा बुझ्ने वा बोल्न सक्ने भेटिदैन । सस्कृत भाषामा रूचि नभएका, यसका साहित्य बिज्ञान कला संगीत प्रविधिको ज्ञान नभएकाले नेपाल हाँकेर समृद्ध र खुशी मुलुक बनाउने कठिन छ ।
यो मुलुक धार्मिक कर्मकाण्डीय मात्र हैन देव/ऋषि भूमि हजारौं वर्षदेखि रहदै आएको हो । यो मुलुकको पर्यटनको मुख्य केन्द्र भनेको धार्मिक तथा आध्यात्मिक र प्राकृतिक रमणीयता नै हुन् । कुनै ऐतिहासिक खोज गर्नुपर्यो भने वा उत्खनन् गरियो भने पनि संस्कृत भाषाकै शिलालेख वा लिपीमा प्राप्त हुनेछन् , महाभारत रामायण वा प्राचीत सभ्यता बुझ्न पर्ने हुन्छ । विश्वलाई नेपालले कुनै योगदान दिने कुरा यदि केही छ भने यही आध्यात्मिक ज्ञानमार्फत मात्र नेतृत्व दिन सक्नेछ । तर पहिचान र भविष्यबिहीन मुलुक बनाउनमैं मुलुक हाँक्ने जिम्मा पाएका सबैजसो जान÷अन्जानमा एकोहोरिएका देखिन्छन् । यो मुलुकको पहिचान र अस्तित्वमा खतराको मडारिएको संकेत हो ।
राजनीतिलाई नै प्रमूख मान्दै हामीले धैर्य गर्दै अरू सबै धरोहरहरू गुमाएका हौं, एकदिन त कसो समृद्ध नभईएला नि भन्दै । तर, अहिले हामी न घरका, न घाटका गधा हुने दिशामा कुद्न थालेको आभाष हुन्छ । आफ्नो मौलिकता नासिसकेका छौं, युवाजमात अनाहकको विषयमा बिद्रोही र असहिष्णू बन्दैछन्, तिनलाई सही बाटो देखाउन सक्ने आध्यात्मिक क्षमताका नेताहरूको ठूलो खडेरी छ । हाम्रो बल नै आध्यात्म रहिआएको हो, तर त्यसलाई नाश गर्नमा हामी बहादुरी देखाउदै आफ्नै खुट्टामा बन्चरो हान्दै गयौं । ‘गाँठ भी गुमाना बेउकूफ भी बनना’ भईसक्यौं । यहाँ सचेतना र जागरूकताको अहिले जस्तो बढी खाँचो पहिले कहिले रहेन भन्ने महसूस भैरहेको छ ।
सबै श्रोत हुदाहुदै पनि नेपालीहरू अविकासले पहिले नै ज्यादै पीडित र थलिएका छन् । तसर्थ सबै नेपाली जो जे आस्थाका भए पनि एक जुट होऔं, सचेत सचेष्ट रहौं । विवेकको बिर्को खुलोस्
उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्
वि.सं.२०७६ चैत १८ मंगलवार १४:१५ मा प्रकाशित