back

पाँच मुक्तक

वि.सं.२०७६ चैत २४ सोमवार

201 

shares
NTC AD
Global IME AD

१.
यहाँ हरेक नाता सम्बन्ध, वारिपारी बनेको छ
आजकल त सबैको शत्रु, महामारी बनेको छ
सिंगो मानवलाई दैवले, विशाल चुनौती दियो,
आज बिश्वको लागी, कोरोना भारी बनेको छ ।

२.
उनि सँगै हुदा त, बैशालु मात बेग्लै थियो
दुनियाँ भुलाउने, मायालु हात बेग्लै थियो
आज पो शून्य लाग्छ, मलाई यो दिनपनि,
तिम्रै अँगालोमा रम्दा पो, रात बेग्लै थियो ।

३.
आखिर जिन्दगी पनि, हाँसो र रोदनको मेल रहेछ
कुन पल हारिन्छ पत्तै नहुने, अचम्मको खेल रहेछ
बेलैमा बुझ्न सकिएन, र त ठुलो गल्ती दोहोर्याईयो,
फसे उम्कन गाह्रो, यो पिरती नि बर्षाको भेल रहेछ ।

४.
हात जोडी बस जिन्दगी, भिख माग्ने दिन आयो
संसारिक मोह त्यागी, बनवास लाग्ने दिन आयो
यार सबैलाई याद छ, जगतकै कटु सत्य मृत्यु हो,
मुख्य कुरा बुझ्दानि, काल देखि भाग्ने दिन आयो ।

५.
उतैतिर नै पिरतीको, डोरी बाटेछौ मनको मान्छे
कहाँ को सँग रंगीन रात, काटेछौ मनको मान्छे
परिस्थिति जस्तो आएपनि, दूर त हुँदिन भन्थ्यौ,
कस्को कारण टाढा जान आटेछौ, मनको मान्छे ।

 

वि.सं.२०७६ चैत २४ सोमवार ११:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...