back

कल्याण कोष स्थापना गर्न एनआरएनएद्वारा उच्चस्तरीय समिति गठन

वि.सं.२०७६ चैत २४ सोमवार

156 

shares
NTC AD
Global IME AD

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसबिरुद्ध लड्न नेपाल सरकारलाई १ करोड ६० लाखको भौतिक सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएनए कल्याण कोष स्थापना गर्न उच्चस्तरीय समिति गठन गरेको छ । संघको आइतबार सम्पन्न पदाधिकारी बैठकले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिलाई समेटेर एक समिति गठन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए ।

‘एनआरएनए कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड रुपैयाँ जम्मा गर्दै जाने ठोस योजनासहित कार्य अगाडी बढाउने उद्देश्यले समिति गठन गरिएको लण्डनबाट संचारकर्मी चिरन शर्माले जानकारी दिए । बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सबाट नेपाल राष्ट्र बैंकले दिने कमिसनको केही अंश सो कोषमा जम्मा हुँदा वार्षिक ८ करोड रुपैयाँ संकलन हुने संघको अनुमान छ ।

नवगठित समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यक्ष बैंकिङ्ग एशोसियसन्, अध्यक्ष, नेपाल रेमिट्यान्स एशोसियसन, संघका उपाध्यक्ष डा बद्री केसी, प्रवक्ता डिबी क्षेत्री, चिरन्जीवी थापा र सदस्य सचिवमा अनल भट्टराई रहेका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघद्वारा गठित कोविड–१९ राहत कोषको उपसमिति विस्तार गरिएको संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए ।

संघको परोपकार तथा राहत विभागका प्रमुखसमेत रहेका लामाले कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले क्षेत्रीय संयोजकहरुलाई समेत परिचालन गर्न लागिएको जानकारी दिए । संघका कोषाध्यक्ष श्रेष्ठको संयोजत्वमा गठित सो समितिको उपसंयोजकमा गौरी जोशी, आरके शर्मा, लोक दाहाल छन् ।

यस्तै समितिको सदस्यहरुमा राजन त्रिपाठी(अमेरीका), नारायण आचार्य (युरोप), रविन्द्रप्रसाद श्रेष्ठ, प्रविन गुरुङ, होमनाथ पाण्डे, रोशन थापा छन् । संघका सबै राष्ट्रिय समितिका अध्यक्षहरु सो समितिको पदेन सदस्य रहने छन् ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसबिरुद्ध लड्न नेपाल सरकारलाई १ करोड ६० लाखको भौतिक सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १६:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...