back

कोरोना अपडेट : बढ्दै संसारभर, खुल्यो वुहान

वि.सं.२०७६ चैत २६ बुधवार

150 

shares
NTC AD
Global IME AD

२४ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०९ देश पुगिसकेको छ । यतिबेला चीनको बुहान भने पूर्णरुपमा खुलेको छ ।

सन् २०२० अप्रिल ८ बिहान ९.०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १४ लाख ३१ हजार ७ सय ६ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ८२,०८० पुगेको छ । निको भएर घर फर्किएकाहरु संख्या ३०२,१५० छ भने उपचाररत बिरामीको संख्या १,०४७,४७६ रहेको छ । जसमध्ये ९९९,५८२ को अवस्था मध्यम छ भने ४७,८९४ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ४००,४१२ पुगेको छ भने १२,८५४ को मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा हेर्दा भने इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ । अहिलेसम्म १७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् भने प्रभावितको संख्या १ लाख ३५ हजार ५ सय ८६ रहेको छ । कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१८०२ र मृत्यु संख्या ३३३३ पुगेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, स्पेन दोस्रो, अमेरिका तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७६ चैत २६ बुधवार ०९:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...