back

गृहले भन्यो – राजधानी बाहिर पठाउने कुनै निर्णय गरिएको छैन

वि.सं.२०७६ चैत २७ बिहीवार

144 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

२७ चैत्र, काठमाडौँ । राजधानी छोड्न चाहनेलाई शुक्रबार र शनिबार बाहिर जान दिने भनि संचारमाध्यममा आएका समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई बाहिर जान दिने निर्णय गरेको भन्ने समाचार हल्ला मात्र रहेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता संचारमाध्यममा प्रसारित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै हाल काठमाडौँमा विभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले समेत यस्ता समाचार कसरी आयो भन्ने विषयमा आफै अचम्ममा परेको बताए । ‘उच्चस्तरीय समितिको बैठक बसेकै छैन, कसरी निर्णय भयो भनी समाचार आए, अचम्ममा परियो,’ उनले भने।

यसअघि प्रधानमन्त्री कार्यालयको आधिकारीक फेसबुक आफ्नो फेसबुक पेजमा राजधानीमा रहेका नागरिकलाई भोलि र पर्सी उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरिएको जानकारी गराएको थियो । यो निर्णय सार्वजनिक भएको केही घण्टामा गृहले प्रेस विज्ञप्ती निकाले पछि प्रधानमन्त्री कार्यालयले पनि आफ्नो निर्णय सच्याएको छ । (हेर्नुस् तस्विरमा)

समितिको पेजमा अपडेट गरिएको सूचना अनुसार स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएका कारण यसअघिको निर्णय फिर्ता लिइएको जनाइएको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार १९:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...