Sansar News- Nepal's Fast Khabar Online News Portal

‘साइनोको अरु कुनै विधासँग समर्थक र विरोधी सम्बन्ध छैन’

संसार न्यूज़
२ महिना पहिले
‘साइनोको अरु कुनै विधासँग समर्थक र विरोधी सम्बन्ध छैन’

पर्वत जिल्लाको पैयुगाउँपालिका-४, हुवासमा जन्मेर त्यहीको उकाली ओराली भीरपाखा खेतआली डुल्दै खेल्दै हावापानीसँगै हुर्केका छायादत्त न्यौपाने (२०२२) स्व.देवरुपा\कमलप्रसाद न्यौपानेका सुपुत्र हुन् ।
उच्च शिक्षा हासिल गरेका सर्जक न्यौपानेले पिताबाटै अक्षर आरम्भ गरेका हुन् । गाउँकै परिवेशमा खेलेखाएका न्यौपानेले कर्मथलो भने काठमाडौंलाई बनाएर श्रीमती कमला, छोरी प्रतिमा, छोराहरु क्षितिज र दीक्षान्त न्यौपाने पाँच जनाको परिवार लिएर नार्गाजुन नगरपालिका–४,काठमाडौंमा बस्दै आएका छन् ।

सामान्य किसान परिवारका न्यौपानेको बाल्यकाल भने सङ्घर्षपूर्ण नै रहेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसामा संलग्न न्यौपाने विसं.२०४२ देखि नेपाली साहित्यको श्रीवृद्धिमा सक्रिय रुपले लाग्दै आएका छन् । साढेतीन दशकदेखि नेपाली साहित्य सेवामा समर्पित न्यौपानेका बालसाहित्य, प्रौढसाहित्य, सम्पादन, पाठ्यपुस्तक समेत सयौं पुस्तक प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा फुटकर निबन्ध, समालोचना, कविता निरन्तर प्रकाशित भइरहन्छन् । कतिपय साहित्यिक संस्थाहरुको संस्थापक, कार्यसमिति, आजीवन, सल्लाहकार सदस्यसमेत रहेका न्यौपाने साहित्यमा बगर, सिएल असीम, घनश्याम विस्तारी जस्ता उपनामले समेत चिनिन्छन् । सरल भाषा शैलीमा गम्भीर एवं रमाइलो प्रस्तुति दिने न्यौपाने पछिल्लो समय नेपाली साहित्यमा बढी चर्चा पाएको विधा साइनोको प्रणेताका रुपमा अगाडि आएका छन् । उनै वरिष्ठ साहित्यकार न्यौपानेसँग संसारन्युजका लागि बालकुमार क्षेत्रीले गरेको सङ्क्षिप्त कुराकानी

यहाँले यो लकडाउनको समय कसरी बिताउनुभएको छ ?
धन्यवाद बालकुमारजी, सान्दर्भिक प्रश्न गर्नु भयो । यतिबेला हामी र हाम्रो मुलुक मात्र नभई सिङ्गै विश्वसमुदाय कोरोना नामक कीटाणुको प्रकोपग्रस्त छ । यसबाट जोगिने उत्तम विकल्पका रुपमा सरकारले लकडाउन गरेको छ, हामी सबैले त्यसको पालना गरिरहेका छौं । मैले त यो समयलाई सिर्जनात्मक बनाउन सकिरहेको छैन । समाचारमा आउने सूचनाले अलिक बढी तनाब दिएर हो कि ! म यो समयलाई सावधानी अपनाउने बेला भन्ठानेको छु ।

यतिखेर के कस्तो साहित्यिक कर्म गर्दै हुनुहुन्छ ? कुनै पुस्तक अध्ययन गर्दै हुनुहुन्छ कि ?
हामी सबैलाई थाहा छ कि यो पठनपाठनमा टक बस्ने समय होइन । फेरि म आफू त विशेष गरी बालकहरुसँग रमाउने मान्छे । बालसाहित्य पढ्ने, बालकहरुकै लागि केही नयाँ र रमाइला पाठ्यसामग्री दिन सकिन्छ कि भन्ने ध्याउन्नमै रमाउँछु । अहिले त म आफ्नै बाल्यावस्था खोज्दै छु । यसले पो मेरा बालसाथीहरुलाई रमाइलो गराउँछ कि ! आशावादी छु । अर्को कुरा यहाँजस्तै धेरै स्रष्टाहरु मन वचन कर्मले जुटेर सिर्जना गरिरहेको सिङ्गै साहित्यको नयाँ विधाको नयाँ प्रयोग साइनो लेखन तथा साथीहरुसँगको परामर्शमा पो समय बितिरहेको छ ।

यहाँ विश्व विद्यालयमा प्राध्यापनरत हुनुहुन्छ, युवाहरुसँग सम्पर्क र सहकार्य हुन्छ तर लेखन बालसाहित्य ? यो पठनपाठन र लेखनको तारतम्य कसरी मिलेको छ ?
यहाँले भन्नेको कुरा स्वाभाविक हो, तथापि म बालसाहित्यमा केन्द्रित नभई अलिक बढी रहर गर्छु ! प्रौढ साहित्यमा दुइटा निबन्ध संग्रहहरु प्रकाशित र झन्डै सयवटा निबन्धहरु, केही समालोचनाहरु, कविताहरु समेत प्रकाशनको पर्खाइमा छन् । सातवटा कृतिहरु प्रौढ साहित्य प्रकाशित छन् यसर्थ प्रौढ साहित्य र बालसाहित्य दुवैमा यत्न गरिरहेछु भनौ कि ! अहिले पछिल्लो समय साइनोले पनि लिएको छ । समग्रमा साहित्यिक विमर्शका लागि क्याम्पसको परिवेश सहजै छ ।

सरको बालसाहित्यमा महत्त्वपूर्ण योगदान छ । बालसाहित्यको प्रर्बद्धनमा लाग्दै गरेको स्रष्टा एकाएक साइनोतिर कसरी मोडिनुभयो ?
सान्दर्भिक प्रश्नका लागि धन्यवाद बालकुमारजी, साइनोतिर मोडिएँ भन्दा पनि सिर्जन कर्मले तान्यो भनौं कि ! मेरो सुरुवाती लेखन प्रौढ साहित्यबाटै अघि बढेको हो । सिर्जनयात्राकै क्रममा पछिल्लो समय बालसाहित्यतिर अलि बढी सक्रिय भएको छु । साइनोतिर मोडिएकै त छैन र मोडिन्न पनि । हो, केही समय यता साइनोतिर पनि आकर्षित हुँदै आएको छु, यसले पनि समय लिएको भने साँचो हो ।

साहित्यको नयाँ विधा साइनोको प्रणेताका भनेर चर्चित हुनुभएको छ, साइनो कसरी जन्म्यो ? किन यसको आवश्यकता देख्नुभो ? यसबारे केही बताइदिनु हुन्छ कि ?
मैले धेरैतिर भन्दै आएको छु कि साइनो कुनै पूर्व योजना र तयारीको उपज होइन, आकस्मिक सिर्जना हो । कलमकापी लिएर मेचमा बस्दै गर्दा सात, आठ र नौ अक्षरको संरचना बन्यो । त्यसै समयमा साइनो नाम पनि जु¥यो । सातवटा जति साइनो अनुहार किताब (फेसबुक)मा प्रसारण भएपछि केशव ज्ञवाली सरसँग (उहाँकै अग्रसरतामा) लामो विमर्श भयो । यसको स्वरुप संरचनाका विषयमा दुवै जना सहमत भइयो । यसपछि क्रमशः खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाई, सीता सुवेदी पन्थी, धतानन्द शर्माहरु जोडिदै आउनुभो । यो क्रमले गति लियो, सङ्ख्या ह्वात्तै बढायो । अहिले त तपाईंहरु जस्ता धेरैको गोडमेल पाएर अति नै छोटो समयमा देशभरि मात्र हैन विदेशसम्मै पैmलिइसकेको छ । नेपाली मन–माटोको मौलिक उत्पादन छोटो–छरितो भइकन गहनभाव सम्प्रेषण गर्ने भएकैले साइनो यसरी झाँगिएको हो । यसमा धेरै खुसी लागेको छ । जहाँसम्म विधागत आवश्यकताको कुरा छ यसलाई पनि हामीले सामान्य रुपले लिनुपर्छ । सिर्जनाका नयाँ कार्य जीवनबोधका द्योतक हुन् यी महत्त्वपूर्ण हुन्छन् । यतिखेर मलाई कविता, कथा, निबन्ध, महाकाव्यहरु धेरै लेखिए अब अरु किन लेख्नु ? प्रति प्रश्न गरुँ कि भैंm भयो तथापि तपाईंको प्रतिनिधित्वमा आएको यो आम जिज्ञासालाई सम्मान गर्दै वर्तमान भौतिकयुगको व्यस्त पाठकलाई क्षणभरको समय लगानीमा पूर्ण साहित्यिक स्वाद दिन सक्ने छरितो तर गहनभावयुक्त साइनो यसै विशेष छैन र ? पक्कै छ । यसको आफ्नो विशिष्ट संरचना र भाव छ । झन्डै एउटा साइनोले सिङ्गै कविता वा कथाको भाव सम्प्रेषण गर्न सक्छ । यसका सात, आठ र नौ अक्षरी संरचना अझ बेग्लै र विशेष छन् । यसले सिङ्गो वाङ्मयको संवर्धनमा टेवा पु¥याउँछ ।

साइनोले व्यक्त गर्ने भाव अन्य विधाबाट व्यक्त गर्न सकिँदैन र ? साइनो के अर्थमा फरक छ ?
त्यसो त जुनसुकैविधा अभिव्यक्तिका माध्यम हुन् । फरक शैलीको कुरा हो । साहित्य बोल्ने भनेको जीवन हो । बोल्दा कसरी बोल्ने कुन शैलीमा बोल्ने ? स्रष्टाको रुचिको विषय हो । जीवनका कुरा जुनसुकै विधामा लेखिन्छ, लेख्न सकिन्छ नै तर स्रष्टालाई प्रिय लाग्ने शैलीले खास माने राख्छ । पाठकको रुचि र आवश्यकतालााई पनि स्रष्टाले महत्व दिनैपर्ने हुन्छ । यी कुरालाई ध्यान दिँदा साइनो स्रष्टाका निम्ति नयाँ शैली प्राप्त भो भने पाठकले निमेषभरमा चोटिलो साहित्यिक खुराक पाए जुन अन्य विधाबाट प्राप्त हुनेभन्दा भिन्न, विशिष्ट शैली र स्वादयुक्त छ । यसलाई साइनोको फरक चिनारी पनि मान्न सकिन्छ ।

साइनोको संरचना र एउटा साइनो बन्नका लागि चाहिने कुरा के के हुन् ?
साहित्यका कुनै पनि विधा परिभाषा विशेषमा कैद गर्न वा खुम्च्याउन नसकिएजस्तै साइनो पनि यस्तै र यही नै हो भनेर किटान गर्न सजिलो छैन । संरचनाको पाटोबारे सात,आठ, नौ अक्षरका त्रिपदीय शब्दगुच्छा हुन्छन् । कविता भएकाले यसले पनि कविताका आवश्यक तत्त्वको अपेक्षा गर्छ नै । बिम्ब, प्रतीक, अभिधा, लक्षणा, व्यञ्जना शब्दशक्ति, लयसँगै अनुप्रासले पनि यसमा गहनता थप्छ । यसलाई कति कलात्मक र आलङ्कारिक बनाउने ? स्रष्टामा निहित रहने प्रतिभा, व्युत्पत्ति र अभ्यासले निर्वाह गर्ने पाटो हो । रहरले कविता लेख्ने सबै कवि बन्न नसकेजस्तै रहरले साइनो लेख्ने सबै साइनोकार नठहरिएलान् । यसको मर्म भनेको त्रिपदीय संरचनाका प्रत्येक पंक्ति भनौं वा शब्दगुच्छा स्वतन्त्र रहेर समग्रमा एउटै अर्थ दिन सक्नु नै हो । यसले त अनेक नेपालीमा रहेको एकत्वभाव पनि सङ्केत गर्छ ।

२४ अक्षरभित्र पूर्णभाव दिन सक्नुपर्ने फेरि प्रत्येक शब्दगुच्छा स्वतन्त्र रही एउटै भाव दिनुपर्नेे नियमले साइनो लेखनलाई झन् जटिल बनायो कि ?
विधि प्रक्रियामा रहेर गरिने सिर्जनात्मक कार्य सजिलै त कुन हुन्छ र ! हो, साइनोलाई पनि आम रुपमा जसरी लिइएको छ त्यति सजिलो लेखन नहुन सक्छ । फेरि यसले आपूmलाई फरक ढङ्गढाँचाले चिनाउनु पनि छ र यस्तो परिचय खुकुलो संरचनाले दिन सक्तैन कि ! अर्थ गाम्भीर्यका लागि संरचना खँदिलो आवश्यक देखिन्छ । यसको गतिलो परिचय भनेकै स्वतन्त्र भएर एकै भाव दिनु नै हो । फेरि राम्रो सर्जिना गर्न सजिलै त कहाँ हुन्छ र ? अभ्यासले तिखार्दै लाने न हो, होइन र ?

साइनो सर्जकहरुबिच कसले कस्तो लेख्यो भन्दा कति लेख्यो भनेर संख्यामा प्रतिस्पर्धा देखिन्छ नि ?
पक्कै पनि सङ्ख्याको दौड स्वाभाविक देखिन्न । साथीहरु संख्यालाई लिएर अलिक बढी दौडिनुभा हो कि ! मैले पनि महसुस गरेकै विषय हो । मैले पनि भ्याएसम्म बेलाबखत सल्लाह दिँदै आएको छु । सानो संरचना आपैmमा पूर्ण हुने भएकाले कतिवटा लेखेँ भनेर सम्झन सजिलो होस् भन्ने उद्धेश्यले संख्या लेखिने हो । मूल्याङ्कन त गुणात्मक वैशिष्ट्यमै भरपर्ने हो । संख्याको माने त गणनाबाहेक अरु खै के होला र ?

साइनोलाई गुणस्तरीय बनाई स्थापित गर्न के कस्तो पहल हुनु जरुरी देख्नुहुन्छ ?
कुनै पनि सिर्जनात्मक विधाको स्थायित्वमा जिम्मेवार पक्ष सर्जक नै हो । साइनो सिर्जनामा समय सापेक्ष दृष्टिले उल्लेख्य संख्यामा स्रष्टाहरु साङ्लिएका छन् । यो क्रम गतिशील छ । सँगसँगै सैद्धान्तिक विमर्श पनि महत्त्वपूर्ण पाटो हो । यसमा अहिलेको प्रविधि प्रयोग भएकै छ । यस सन्दर्भमा अझ धेरै बहस जरुरी छ यो सत्य हो तथापि साइनो लेखन आरम्भ भएको समयावधि हेरेर भन्दा पर्याप्त लेखिँदै, पढिँदै र बहस हुँदै आएको मान्न सकिन्छ । गुणस्तरमा पनि धेरै रचना आएपछि पाठकले स्तरीयलाई लिँदै र स्तर नपुगेका रचना छाड्दै जान्छ्न् आफैं छाडिन्छन् । यसर्थ संख्यावृद्धि पनि गुणस्तर कायम गर्ने सकारात्मक पाटो हो नै । सर्जकहरु पनि साधनाबाट अघि बढ्नेहरु यात्रा गर्छन् गरिरहन्छन् । रहरमा सीमित रहनेहरु छुट्दै जान्छन् ।

कतिपय साहित्यकारहरु साइनो लहडमा जन्मेको साहित्यिक विधा हो । यसको विगत थिएन र भविष्य पनि छैन भन्नुहुन्छ । तपाईं यो आरोपको खण्डन कसरी गर्नुहुन्छ ?
म उहाँहरुको खण्डन गर्दिनँ, सम्मान गर्छु, मलाई के विश्वास छ भने सिर्जना हुने लहडमै हो । योजनाले त गर्छ निर्माण र समालोचना गराउँछ । हो, विगत थिएन त्यसैले यो विधा नयाँ र मौलिक हो । भविष्य नदेख्ने साथीहरुलाई अङ्गुर अमिलो लागेको हुन सक्छ । स्वाद चाखेपछि उहाँहरु हामफाल्नुहुन्छ । अर्को कुरा सिर्जनाको भविष्य स्रष्टा र पाठकले निर्धारण गर्ने विषय हो । कसैलाई अमिलो लाग्दैमा अङ्गुर फल्न छाड्दैन र लहरा पनि सुक्दैन । ईष्र्याले मलजल गर्छ साइनो चिल्यिाउँछ, चम्काउँछ । जसका स्रटा र पाठक हजारौं भए, पुस्तक धमाधम प्रकाशन हुँदै छन् भने यसको भविष्य हुँदैन ? उहाँहरुले नेपाली सम्पदा पचाउन नसकेको कुरा तपाईं मार्पmत् थाहा पाएर दया लागेको छ उहाँहरुको विचारमाथि ।
हाइकु १७ अक्षरमा लेखिने स्थापित साहित्य विधा हो । १७ अक्षरीय हाइकु, साइनो २४ अक्षरीय । कतै यी दुवै प्रतिस्पर्धी

साइनो विधा त होइनन् ? अक्षर संख्याबाहेक यी दुईमा भिन्नता के देख्नुहुन्छ ?
फरक पहिचानका लागि अक्षर संरचना पर्याप्त हुँदैन ? साइनोको अरु कुनै विधासँग समर्थक र विरोधी सम्बन्ध छैन । अन्य विधाको सापेक्षतामा पर्याप्त अन्तर छ । पहिलो त यो नेपाली मनमाटाको उत्पादन, दोस्रो सात, आठ, र नौ अक्षरी त्रिपदीय योग, तेस्रो तीनवटै पद स्वतन्त्र, चौथो यो जीवन जगतका समग्र पाटासँग सम्बन्धित, पाँचौं यसले कुनै अन्य विधाको सर्थन वा विरोध दुवै गर्दैन र कुनै विधाको विकल्पमा आएको पनि होइन । यसका ७, ८ र ९ अङ्कले गणितीय विशेषता सहित सात वार, आठ दिशा र नवरस अर्थबोध गराउँछन् । यो त भर्खर जन्मेको विधा हो र त यति धेरै मूल्यबोध गराइसकेको छ भने आउँदो दिनमा विद्वान्हरुबिच निरन्तर हुने बहस–विमर्शले विशेषताहरु पनि थप्दै लाने नै छ ।

सुनिन्छ छोटै अवधिमा साइनो विधाका कृति प्रकाशित भइसके, कति प्रकाशनको तयारीमा छन् प्रणेताको आँखाले कसरी हेर्नुभएको छ ?
हो, स्रष्टा विष्णु पादुकाको पुस्तक आइसकेको छ । मैले साइनो यसरी झाँगिन्छ भन्ने परिकल्पनै गरेको थिइनँ । यसमाथि यति छिटै ! मलाई अचम्म लागेको छ कि साहित्य सर्जकहरु नयाँ विधाको खोजीमा यतिविघ्न व्यग्र देखेर । हुन त यसमा सामाजिक सञ्जालको देन छ साथै स्रष्टा केशव ज्ञवाली, बालकुमार क्षेत्री, खेमलाल पोखरेल, सुरेन्द्र शाही, धतानन्नद शर्मा, हरिप्रसाद चालागाईं, महानन्द ढकाल, विष्णु पादुका मिना डाँगीजस्ता सयौँ साइनोसारथिहरु समर्पित भएर लाग्नाले यो सम्भव भएको हो । यसको गति देख्दा त लाग्छ वार्षिकोत्सवसम्म पुग्दा दर्जन कृति प्रकाशित भइसक्छन् । यसले मलाई त गद्गद बनाउने नै भयो, साइनोमा साङ्लिएका सबै साथीहरुलाई गौरवबोधको अवसर दिएको हुनुपर्छ । कृति प्रकाशित गरसिकेका साथीहरुलाई बधाई र तयारीमा जुटेका साथीहरुलाई शुभकामना दिँदै साइनोको मानक अनुसार परिष्कार परिमार्जनमा विशेष ध्यान दिन आग्रह गर्छु ।

साइनोको स्तरीयताका लागि अन्र्तक्रियात्मक कार्यशालाहरुमा के कति विमर्श हुँदै आएको छ र कत्तिको जरुरी देख्नुहुन्छ ?
साइनोको विधागत स्थायित्वका लागि यो महत्त्वपूर्ण काम हो । रचनासँगै पर्याप्त बहस अत्यावश्यक हुन्छ । हुन त बहस हुँदै नभएको अवस्था छैन । समयावधिको हिसाबले त धेरै बहस भएको मान्नुपर्छ । पत्रपत्रिकामा सानातिना लेखहरु आइरहेका छन् । विद्युतीय माध्यमबाट पनि छलफल, लेख प्रकाशन हुँदै आएको छ । यस बारे स्रष्टाहरु माथि उल्लेख भएभैंm पर्खेर हेर्दै पनि छन् के कस्तो गति लिन्छ भन्ने जिज्ञासाले । यो अस्वाभाविक पनि हैन । हामी सबैलाई थाहा छ यति छिटै यो लोकप्रियता प्राप्त ग¥यो कि साइनोले कसैले कल्पनै नगरेको भयो यसैले यसको स्तर उकास्न र स्थायित्व प्रदान गर्न आवश्यक भूमिका निर्वाह गर्छ भनेर विश्वास लिन सकिन्छ । आउँदा दिनमा व्यापक बहस हुने नै छ । साहित्यका अरु विधामा जस्तै साइनोका बारेमा पनि निरन्तर बहसको आवश्यकता रहन्छ नै ।

उसो भए खहरे भेलजस्तै सुकेर जाँदैन साइनो स्थापित हुन्छ ?
म त निर्धक्क भन्छु, प्रश्न सच्याउनुभए हुन्छ कि साइनो वर्तमान समयको भेल होइन माग हो । साइनो स्वतस्पूmर्त थालनी भई स्वतस्फूत गति लिएको साहित्यिक अभिव्यक्ति हो । यसको चुस्त सूत्रात्मक अभिव्यक्तिले सर्जक र पाठक दुवैको मन जितिसकेको छ । यो देशभित्र सीमित छैन । यो त अन्तरराष्ट्रिय विधा भइसकेको छ यसर्थ यो स्थापित हुने कुरामा द्विधा राख्नु बालपन हुन्छ बरु स्थापित भइसक्यो भनेर पत्याउँदा हामी ठिक ठाउँमा हुन्छौं ।

एउटा गुनासोजन्य प्रश्न, उपत्यकाभित्र (केन्द्र) का साहित्यकारले मोफसलका साहित्यकारलाई साहित्यकार मान्दैनन् । मपाईंत्व बोकेर हिँड्छन् भनिन्छ नि ! यसको सन्तुलित निकास के हुन सक्ला ?
यो सामयिक गम्भीर प्रश्न हो । यसमानेमा गम्भीर कि यसमा बलियो मनोविज्ञान जोडिएको छ जसले उपत्यकामा मपाईंत्व देख्छ र हामीलाई गन्दैनन् भन्छ । यसमा के बुझ्न जरुरी जस्तो देख्छु भने केन्द्र सबै कुराको केन्द्र भइदियो साहित्यको मात्र होइन । अर्को कुरा सबै जिल्लाको आवतजावत केन्द्रमा, व्यावहारिक सहजता, सबैतिरलाई पायक मिल्ने ! यसो भनिरहँदा केन्द्र जे गर्छ ठिक गर्छ भन्ने आशय पटक्कै होइन, परिस्थिति विश्लेषणको प्रयास मात्र हो । मपाईंत्व मोफसलले पनि कम प्रकट गर्दैन यो मपाईंत्वको प्रदूषण दुवैतिर देख्छु जुन बेठिक छ सफा हुनुपर्छ । केन्द्रको अहम्ले मोफसलाई थप सक्रिय बनाउनुपर्छ र केन्द्रले पनि चस्मा फुकाल्नुपर्छ । राष्ट्रियस्तरका साहित्यिक कार्यक्रमहरु धेरै मोफसलमा गर्ने र केन्द्रका कार्यक्रममा मोफसलको सक्रियता बढाउने परम्परा बसाल्नु उपयुक्त हुन्छ कि !

कोरोना भाइरसका कारण त्रसित आजको अवस्थालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हो, यतिखेर सिङ्गो मानव समुदाय त्रसित छ । आपसी भेटघाट र भलाकुसारीको अवसर पनि छैन । यस दुखद घडीले स्रष्टाहरुमाझ झन् बढी जिम्मेवारी थपेको छ । साहित्य जीवनलाई गति दिने विषय हो । यसले उत्साह र उत्प्रेरणा दिने गर्छ । जीवनलाई सक्रिय एवं कर्मयोगतर्पm डो¥याउने विषय पनि यही हो भने यसका सर्जकले परिस्थितिजन्य मनोविज्ञानलाई ध्यान दिई आत्मबल बढाउने गरी छोटो छरितो सिर्जना दिँदै आमपाठकहरुको निराशालाई उत्साहतर्पm अभिमुखीकरण गर्न सक्रिय रहनु सान्दर्भिक हुने देखिन्छ ।

अरु थप केही भन्न चाहनुहुन्छ कि ?
मलाई आफ्ना कुरा सार्वजनिक गर्ने अवसर दिनुभो, विशेष गरी साइोलाई स्थान दिनुभो तपाईं, सम्पादक समेत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिन्छु । साइनो कविताको उपविधा हो । यो नयाँ प्रयोगलाई अत्यधिक रुचाइएको छ । परिणाम स्वरुप पास्नी भातख्वाइको उमेरमै कृतिहरु प्रकाशित भइरहेका छन् । यो हामी नेपाली वाङ्मय प्रेमीहरुको साझा प्राप्ति हो र दायित्व पनि यसैभित्र लुकेको छ । यसको संवर्धनमा हामी सबै मन वचन कर्मले लागौं । वर्तमान अवस्थाले हाम्रा आदरणीय पाठकवृन्दको मनोबल बढाउने गरी सिर्जनामा रमाऔंं भन्छ । यो चिन्ता गरेर बस्ने समय नभई उत्साहले परिस्थितिलाई जित्ने गरी घरपरिवारसँगै रमाउने बेला हो । समस्त मानवसँग यही आग्रह गर्दै यसलाई पुस्तक पढ्ने अवसर मनाऔं । अस्तु

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…