back

नदीमा हाम फालेर आत्महत्या गरिन् देवकीले

वि.सं.२०७६ चैत २९ शनिवार

138 

shares
NTC AD
Global IME AD

२९ चैत, पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएकी ३५ वर्षीया देवकी थापा मगर छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका-१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा-१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । त्यस्तै पोखरा -५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृतावस्थामा फेला परेको छ ।

जङ्गलमा लागेको आगोमा परी चार घाइते

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–३ केराबारी सामुदायिक वनमा लागेको आगोमा जलेर चार जना घाइते भएका छन् । सो जङ्गलको बाटो भई भोटेओडारतर्पm जाने क्रममा आगोमा परी दूधपोरी गाउँपालिका–६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार हातखुट्टा आगोले पोलेर घाइते भएका सबैको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

गोरु काटेको अभियोगमा दुई पक्राउ

पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । रासस

वि.सं.२०७६ चैत २९ शनिवार ०८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...