back

कोरोना अपडेट : आइतबार मात्र ७२ हजार ४० नयाँ संक्रमित अमेरिका तथा इटलीमा मृत्युदर घट्दो

वि.सं.२०७७ वैशाख १ सोमवार

141 

shares
NTC AD
Global IME AD

 

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो, इटाली दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं, बेल्जियम सातौँ र चीन आठौँ क्षति व्यहोर्ने देशमा छन् । आइतबार बेल्जियमले चीनको तथ्यांकलाई जितेको हो । 

१ वैशाख, २०७७, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ ।  चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल १२ बिहान ९.२५ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १८ लाख ५३ हजार १ सय ५५ मानिसमा कोरोना भाइरस सल्केको छ । आएतबार मात्र ७२ हजार ४० मानिस कोरोना संक्रमित भेटिएको हो भने मृत्युको संख्या ११४,२४७ पुगेको छ, आइतबारमात्र ५४१९ मानिसको मृत्यु भएको हो । निको भएर घर फर्किएकाहरु संख्याको ४२३,६२५ छ भने उपचाररत बिरामीको संख्या १,३१५,२८३ रहेको छ । जसमध्ये १,२६४,४३० को अवस्था मध्यम छ भने ५०,८५३ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । शनिबारदेखि संक्रमित र मृत्यु हुनेमा अमेरिका अगाडि देखिएको हो ।

अमेरिकामा मात्रै प्रभावितको संख्या ५६०,४३३ पुगेको छ भने २०,५७७ को मृत्यु भएको छ । शुक्रबार बढेको मृत्युदर शनिबार र आइतबार भने घटेको छ । शुक्रबार २०५६ जना, शनिबार १८३० को ज्यान गएकोमा आइतबार १५३८ को मृत्यु भएको छ ।

यसरी हेर्दा मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्तादेखि इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । शनिबार ५७४ जनाले ज्यान गुमाएमा आइतबार ४१३ जनाले ज्यान गुमाए । इटालीमा अहिलेसम्म १९ हजार ८९९ जनाले ज्यान गुमाएका छन् । इटालीमा प्रभावितको संख्या १ लाख ५६ हजार ३ सय ६३ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनले आफ्नो देशमा प्रभावित हुनेको संख्या कमि आएको भन्दै सबैठाउँमा लकडाउन खुल्ला गरेपनि त्यसपछिका दिनमा लगातार संक्रमितको संख्या बढ्दो देखिन्छ । बिहिबार ४२ जना संक्रमित थपिएकोमा शुक्रबार ४६ जना र शनिबार ९९ जना र आइतबार १०८ नयाँ बिरामी देखिएका छन् । प्रभावितको संख्या ८२१६० रहेको छ । आइतबार २ जनाको मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो, इटाली दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं, बेल्जियम सातौँ र चीन आठौँ क्षति व्यहोर्ने देशमा छन् ।आइतबार बेल्जियमले चीनको तथ्यांकलाई जितेको हो ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा पनि आइतबार संक्रमितको संख्या बढेको छ । आइतबार विरगञ्जमा ३ भारतीयमा संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको हो । आइतबारसम्म ४,४२६ जनाको परीक्षण भएको छ । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल ८ जना उपचाररत छन् ।
चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन तेस्रो हप्तासम्म लम्बिएर आगामी वैशाख ३ गते सकिँदैछ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमितको संख्या बढीरहेको छ । आइतबारसम्म ९२०५ जना संक्रमित रहेको र ३३१ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख १ सोमवार ०८:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...