back

भारतमा जहाँ बढी कोरोनाको संक्रमण, त्यहीँ नै नेपालीको संख्या बढी,हेर्नुहोस् कहाँ कति छन् त नेपाली ?

वि.सं.२०७७ वैशाख २ मंगलवार

111 

shares
NTC AD
Global IME AD

२ बैशाख, भारत । भारतमा केही दिनयता कोरोना भाइरस कोभिड १९ को संक्रमणमा तीब्र वृद्धि देखिएको छ । त्यसमा पनि नेपालीहरुको बाक्लो उपस्थिति भएका राज्यमा उच्च संक्रमण देखिएको छ ।

जसले गर्दा उनीहरुलाई एकातिर लकडाउनका कारण खान बस्नकै समस्या छ भने अर्कोतर्फ कतिबेला संक्रमणले छुने हो भन्ने चिन्ता पनि थपिएको छ । हालसम्म भारतमा १२ जना नेपालीमा संक्रमण देखिएको छ । जसमध्ये १० जना कामको सिलसिलामा भारत पुगेको मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोभिड १९ संक्रमतिको संख्या ९ हजार २ सय नाघेको छ । राज्यहरुमा हेर्ने हो भने सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात देखिएको छ । यिनै राज्यमा नेपाली कामदारको बाक्लो उपस्थिति रहेको छ ।

हालसम्म दिल्लीमा १ हजार ९६ जनामा संक्रमण देखिएको छ भने त्यहाँ नेपालीको संख्या ४ देखि ५ लाख रहेको छ ।
महाराष्ट्रमा १ हजार ८९३ जनामा संक्रमण देखिएको छ भने नेपालीहरुको संख्या ३ देखि ४ लाख रहेको छ । साथै तमिलनाडुमा ९६९ जनामा संक्रमित देखिएको छ । त्यहाँ ५० हजार देखि १ लाख नेपालीको संख्या रहेको छ ।

राजस्थानमा संक्रमितको संख्या ७९६ पुगेको छ । त्यहाँ नेपालीको संख्या ५० हजार देखि १ लाख रहेको छ ।

मध्यप्रदेशमा ५३२ जनामा संक्रमण देखिएको छ । त्यहाँ नेपालीको संख्या ५० हजार देखि १ लाख रहेको छ ।

त्यस्तै उत्तर प्रदेशमा ४५२ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५० हजार नेपाली रहेका छन् भने आन्ध्र प्रदेशमा पनि ५० हजार नेपाली रहेका छन् । त्यहाँ कोरोना संक्रमितको संख्या ४१७ पुगेको छ ।

कर्णाटक राज्यमा २२६ जनामा कोरोना संक्रमण देखिएको छ भने त्यहाँ नेपालीहरुको संख्या २ देखि ३ लाखसम्म रहेको प्रवासी संगठनहरुले दावी गरेको समाचारमा उल्लेखछ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०८:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...