Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए आयरल्याण्द्धारा ‘कोविड-१९ समन्वय तथा सहयोग समिती’ गठन

संसार न्यूज़
३ महिना पहिले
एनआरएनए आयरल्याण्द्धारा ‘कोविड-१९ समन्वय तथा सहयोग समिती’ गठन

४ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आयरल्याण्डले आयरल्याण्डमा रहेका कोभिड १९ प्रभावित नेपालीहरुको राहत तथा सहयोगका लागि ‘कोविड–१९ समन्वय तथा सहयोग समिती’ गठन गरेको छ ।

परिषद्का अध्यक्ष मिलन छन्त्यालको अध्यक्षता एवं महासचिव ओम अधिकारीको सञ्चालन, एनअराएनए आइसीसी सदस्य तथा एवं यूरोप उपसंयोजक शुक्रराज न्यौपानेको पहल तथा उपस्थिति, आईसीसी सदस्य विनोद कार्कीको अगुवाईमा एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष एवं संरक्षकहरु गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, प्रमूख सल्लाहकार बसन्त न्यौपाने र आयरल्याण्डमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु सम्मिलित बृहद् बैठक अप्रिल १२ मा सम्पन्न भएको हो ।

बैठकले अहिलेको महामारी कोभिड १९ ले गर्दा निर्माण भएको असहज परिस्थितीलाई मध्येनजर गर्दै आयरल्याण्डमा रहेका नेपाली समुदायलाई आईपर्र्न सक्ने समस्याहरुप्रति लक्षित गर्दै परिषद्का अध्यक्ष मिलन छन्त्यालको संयोजकत्वमा, यूरोप उपसंयोजक शुक्रराज न्यौपाने संरक्षक रहनेगरी आईसीसी सदस्य विनोद कार्की, पूर्ब अध्यक्ष एवं संरक्षकहरु गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, महासचिव ओम अधिकारी, प्रमूख सल्लाहकार बसन्त न्यौपाने, उपाध्यक्षहरु सुनिता कार्की, राम प्रसाद सापकोटा, अवेद्य गौतम, कोषाध्यक्ष सुमन गुरुङ, सचिव प्रेम घले सहित १३ जानाको सचिवालय समिती गठन गरेको हो ।

त्यस्तै आयरल्याण्डमा रहेका बिभिन्न संघसस्थाहरुमा नेपाल आयरल्याण्ड समाज, कोर्क नेपाली समाज, लिम्रिक नेपाली समाज, जनजाती समाज,  चितवन समाज, झापाली समाज, नेपाली जनसंपर्क समिती, प्रबासी नेपाली एकता मंच, प्रवासी नेपाली एकता समाज, 977 crew, KTM entertainment and events , दिदी बैनी ग्रुप, लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष वा सम्बंधित संस्थाले तोकेका प्रतिनिधि सदस्य रहने गरी ‘कोविड–१९ समन्वय तथा सहयोग समिती’ आयरल्याण्ड गठन गरिएको हो । उक्त समितीले आयरल्याण्डस्थित नेपाली समुदाय एवं ईच्छुक व्यक्ति तथा संघ संस्थाबाट संकलित सहयोग यस महामारीबाट प्रभाबित नेपाली समुदायलाई समितीले तोके बमोजिम आवश्यकता अनुसार सहयोग तथा राहत वितरण गर्ने छ ।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ आयरल्याण्डको एउटा परिवार पूरै संक्रमीत भएको बताउँदै उक्त परीवारकी एक महिलाले ज्यान गुमाएको जानकारी प्राप्त भएको परिषद्ले बताएको छ । परिषद्ले यस दुःखद घडीमा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै शोक संतप्त परीवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…