back

बेलायतमा कोरोना संक्रमणका कारण गोर्खाका गुरुङको पनि मृत्यु

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

132 

shares
NTC AD
Global IME AD

५ बैशाख, बेलायत । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गोर्खाका बुद्धबल गुरुङको पनि मृत्यु भएको समाचार प्राप्त भएको छ ।

गोरखाको सिरान्चोक गाउँपालिका ७ काप्रे घर भई बेलायतको फार्नबरो निवासी बुद्धबल गुरुङको फ्रेम्ली पार्क अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

गोखा जिल्ला गुरुङ समाज बेलायतका आजीवन सदस्य समेत रहेका गुरुङको उपचारका क्रममा निधन भएको समाजका सल्लाहकार गणेश गुरुङले बताएका छन् ।
नौ वर्षदेखि बेलायतमा बस्दै आएका गुरुङ आर्मी नम्बर २११४१२६८ रहेको छ । उनको बुधबार १०ः४५ बजे निधन भएको हो ।

केही समयदेखि बिरामी भएपछि अस्पताल भर्ना गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

गोरखा गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङले समाजका अग्रज व्यक्तित्वलाई कोरोना संक्रमणका कारण गुमाउनु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।
गुरुङकी श्रीमती पनि अस्पतालमा उपचारपछि घर फर्किएको बताइएको छ । उनका बेलायतमा दुई छोरा, बुहारी र छोरीज्वाई छन् ।

गुरुङसहित बेलायतमा बुधबार मात्रै ५ नेपालीको मृत्यु भएको समाचार संसारन्युजलाई प्राप्त भएको छ ।  जसमा पाल्पाका धनबीर गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँका हस्तवीर गुरुङ र धनकुटाका गोम्देन तामाङको मृत्युको समाचार यसअघि नै अपडेट गरेका छौं ।

बुधबार मृत्यु भएका पाँचैजना पूर्वगोर्खा सैनिक हुन् । बुधबार मृत्यु भएका यी पाँचैजनासहित बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । यीमध्ये १३ जना पूर्वगोर्खा सैनिक भएको बताइएको छ ।

बेलायतमा बुधबार मात्रै कोरोनाका कारण ४ नेपालीको मृत्यु,संक्रमणबाट मृत्युहुनेको संख्या १५ पुग्यो

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १६:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...