back

एनआरएनएद्धारा ७ वटा अस्पतालहरुलाई पिपिई वितरण

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

153 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

५ बैशाख, लन्डन । गैरआवासीय नेपाली संघले विभिन्न सातवटा अस्पतालहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पिपिई) वितरण गरेको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार शुक्रवार ७ वटा अस्पताललाई १ सय २५ वटा पिपिइ वितरण गरेको हो ।
संघले नारायणी अन्चल अस्पताल २५, सगरमाथा अन्चल अस्पताल २०, जनकपुर अन्चल अस्पताल २०, बारा जिल्ला अस्पताल १०, रौतहट जिल्ला अस्पताल १०, केन्द्रीय कारागार अस्पताल १५, भरतपुर क्यान्सर अस्पताल २५, थान पिपिइ हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संघको तर्फबाट उपाध्यक्ष सोनाम लामाले ती सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार २१:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...