६ बैशाख, काठमाण्डौं । जापानमा सफल व्यवसायीको रुपमा परिचित केशव अधिकारीले एनअरएनएद्धारा स्थापित कोरोना कोभिड १९ राहतकोषमा एक्लैले ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनी उक्त कोषमा सबैभन्दा ठूला रकम सहयोग गर्ने पहिलो व्यक्ति रहेको बताइएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीले चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा अधिकारीले उक्त रकम जम्मा गरेको बताइएको छ ।
झण्डै २५ बर्षदेखी जापानको टोकियोमा बस्दै आइरहेका घादिङका समाजसेबी तथा व्यवसायी चौतारो कर्पोरेशन जापानका प्रमुख केशब अधिकारीले एनआरएनएको उक्त अभियानका लागि नेपाली ७ लाख सहयोग गरेर सबैका लागि उदाहरणीय बनेका छन् ।
एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले अधिकारीले एनआरएनए कोषमा उक्त रकम सहयोग गरेको जानकारी दिँदै संघका अध्यक्ष पन्तले कोरोना पिडित र नेपाल फर्किन चाहने नेपालीहरुका आर्थिक रुपमा सहयोग गर्न अपील गरेको बताएका छन् ।
उक्त कोषमा हालसम्म २ करोड ३० लाखभन्दा बढ़ी रकम संकलन भएको अभियानका संयोजक तथा संघका कोषाध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिएका छन् ।