back

मुस्लिम समुदायले कोरोना नेपाल भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीबाट यासमीन बेगमको आपत्ति

वि.सं.२०७७ वैशाख ६ शनिवार

234 

shares
NTC AD
Global IME AD

६ बैशाख, काठमाण्डौं । नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए गल्फकी पूर्व महिला संयोजक तथा हालकी केन्द्रीय सदस्य बेगमले यस्तो निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फत् भ्रामक अफवाह फैलाऊन बन्द गर्न आग्रह समेत गरेकी छन् ।

‘कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमितहरू जो पश्चिम नाकाबाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाकाबाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा (जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफÞैमा हास्यास्पद मात्र नभई शंकास्पद पनि देखिन्छ ।’ सामाजिक संजालमा उनले भनेकी छन् ।

बेगमले भनेकी छन्
‘हाम्रो देश नेपालको इतिहास हेर्ने हो भने विभिन्न समयमा विभिन्न भाषा, धर्म र संस्कृतिको नाममा यदाकदा झै–झगड़ा आरोप प्रत्यारोप तथा बादविवाद भईरहेको पाईएतापनी इतिहास देखी हालसम्मको कुनै पनि कालखंड़मा हिन्दू–मुस्लिम भनेर जातिगत मतभेद वा देशव्यापी हिंसा भएको पाईदैंन ।
कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमित हरू जो पश्चिम नाकाबाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाकाबाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा (जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफÞैमा हास्यास्पद मात्र नभई शंकास्पद पनि देखिन्छ ।
यसरी जातिय विभेद उत्पन्न गराई शान्त देश नेपालमा अशान्ति फैलाई धार्मिक सहिष्णुतालाई बिथोलि धर्मको नाममा दंगा उत्पन्न गर्न, छिमेकी राष्ट्र भारतको कूटनीतिक चाल,राजनीतिक पक्ष, केहि मीडिया र ब्यक्तिविशेषको एकगुट सामूहिक रूपमा नै परिचालित भएको मैले महसूस गरेको छु ।
२१ औ शताब्दीको बैज्ञानिक युगमा प्रवेश गरिसकेका हामी नेपालीहरू अल्पज्ञानका कारण बिश्वव्यापी महामारीको प्रकोप को रूपमा फैलिएको कोरोना भाईरस मुस्लिम समुदायले नेपाल भित्राएको निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फत्  भ्रामक अफÞवाह फैलाऊन बंद गरियोस् ….
यस विषम परिस्थितिमा आफू सचेत बनी सुरक्षित रहदैं आपत तथा बिपतमा परेका देश तथा विदेशमा रहेका नेपालीहरूको निमित्त सहयोगी हाथ बढ़ाउ शिक्षित र सभ्य नेपालीको परिचय दिउ । सम्पूर्णमा सकारात्मक सोचको अपेक्षा सहित । ‘
यासमिन बेगम सैयद
हाल–साउदी अरब

वि.सं.२०७७ वैशाख ६ शनिवार १८:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...