Sansar News- Nepal's Fast Khabar Online News Portal

साइप्रसमा कोरोना प्रभावित नेपालीको पीडामा मल्हम लगाउन जुट्दै एनआरएनएलगायतका संस्थाहरु

संसार न्यूज़
३ महिना पहिले
साइप्रसमा कोरोना प्रभावित नेपालीको पीडामा मल्हम लगाउन जुट्दै एनआरएनएलगायतका संस्थाहरु

कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथमपटक मानिसमा सरेको थियो भने, हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ । अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ । चीनको वुहानबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको भनिए पनि नयाँ संक्रमणको खबर छिटफुट आइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । अहिले युरोप र अमेरिका ईपीसेन्टरको रुपमा परिणत भएका छन् ।

कोभिड १९ को असरले साइप्रसमा नेपालीको जन जीवन पनि प्रभावित बनेको छ । जहाँ १२ देखी १३ हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ । जस मध्ये अध्ययनका लागि आएका झन्डै ४ हजारको हाराहारीमा विद्यार्थीहरु यसको मारमा परेका छन् । विश्वव्यापी कोरोना महामारीको संक्रमणकालीन अवस्था चलिरहेको बेला साइप्रसमा पनि यति बेला बिपत्ति देखा परेको छ, हाल साइप्रसमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा भइरहेको अवस्था छ ।

यसै अवस्थालाई मध्यनजर गर्दै संक्रमण फैलिन नदिन साइप्रस सरकारले प्रायस् स्कुल, कलेज, सपिङ्ग मल, पसलहरू सिनेमाहल, थिएटर, लाईब्रेरी, क्यासिनो तथा बेटिङ सेन्टर (बाजी लगाउने ठाउँ), पुरातात्त्विक स्थानहरू, डिपार्टमेन्ट स्टोर, थिम पार्क सङ्ग्रहालयहरू, क्याफे तथा कफी सफ, होटेल र रेस्टुरेन्टर बारहरू बन्द गराएर सरकारले पहिलो लकडाउन मार्च २४ देखि अप्रिल १३ सम्म र कोरोना रोकथाम तथा निराकरणको लागि आगामी अप्रिल ३० सम्मको लागि दोस्रो पटक लकडाउनको घोषणा गरेको छ ।

लकडाउन संगै पार्ट टाइम काम गर्दै आएका विधार्थी समस्यामा परेका छन् । अत्याधिक समस्या परेका विद्यार्थीलाई राहत वितरणको लागि यतातिर एनआरएनएका प्रमुख संरक्षण सुवास मल्ल कानुनी प्रकृया पूरा गर्न दिन रात नभनि नेपाल र साइप्रस सरकारको सम्बन्धित नियोगसँग समन्वयमा लागि रहेका थिए भने, उता एनआरएनएका महासचिव कृप थापा सबै संस्थालाई एकै सुत्रमा ल्याउन तदारुकताका साथ प्रयासरत थिए । यसैगरी युवा प्रतिनिधि कुन्दन कार्की राहत वितरणको लागि यातायात व्यवस्थापन र राहत सामाग्री जुटाउन विभिन्न खाधान्न सप्लायर्स संग कुराकानी गर्दै आफ्नो भुमिका निभाउदै थिए ।

कोरोना भाइरसको प्रभावले समस्या ग्रस्त विद्यार्थीलाई राहत वितरण गर्न साइप्रस सरकारसँग अनुमति माग गरेको थियौ । जसको लागि नेपाली राजदुतावास इजरायल, अवैतनिक वाणिज्य दुतावास र एनआरएनए साइप्रसको विशेष कुटनीतिक पहल पश्चात साइप्रस सरकारले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका तीन प्रतिनिधिलाई यातायात को व्यवस्था सहित राहत वितरण गर्न अनुमति दिएको थियो ।

प्रमुख संरक्षक सुवास मल्ल, महासचिव कृप थापा र युवा प्रतिनिधि कुन्दन कार्कीको विशेष पहलमा साइप्रसमा रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसले गर्दा पर्न गएको असरलाई निराकरण गर्नको लागि २६ मार्चमा अनुमति दिएको थियो । भने साइप्रस सरकारले अप्रिल २ तारिखमा राहत वितरणको लागि स्वीकृति दिएको थियो ।

आ–आफ्ना मूल्य, मान्यता, उदेश्य, विधान र विचारहरु लिएर साइप्रसमा स्थापित विभिन्न नेपाली संघ संस्थाहरुले विद्यार्थीहरुमा समस्या देखिए पछि समाधानको उपाय निकाल्न र कोरोना महामारी संग जुध्नु पर्छ भन्ने हेतुले एनआरएनए साइप्रसले १८ मार्चमा सबै संस्थालाई आबद्ध गराएर “ग्लोबल फ्यामिली” को सुरुवात गर्यो । ती आवद्ध संस्थाहरुसंग विधार्थीको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे लामो छलफल पछि निम्न संघसंस्थाहरुले राहतको लागि आर्थिक रकम घोषणा गरेका थिए ।

प्रबासी नेपाली एकता मञ्च साइप्रस, तमु समाज साइप्रस, चितवन सेवा समाज साइप्रस, संघिय लिम्वुवान सामाजिक मञ्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, ह्योल्मो एकता समाज साइप्रस, नेपाल मगर संघ, किराँत राई यायोक्खा साइप्रस, किरात याक्थुङ चुम्लुङ साइप्रस, राष्ट्रिय जनमुक्ति मन्चं साइप्रस,तामाङ बौद्ध महासंघ साइप्रस र शेर्पा किदुक साइप्रस यी संस्थालाइ समेटेर अप्रिल ६ तारिखमा कोरोना भाइरस Covid -19 राहत संघ संस्थाहरु नामक ग्रुप सुरुवात गर्यौ ।

नेपाली कामदार, विद्यार्थीलाई विभिन्न खाद्यान्न लगायतका अन्य समस्यामा पर्न गएकाले अवैतनिक वाणिज्य दूतावास, निकोसियाको रोहवरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्व र राहत कार्यमा संलग्न संघ संस्थाहरुको सहयोगमा राहत प्याकेज भित्र चामल, दाल, चाउमिन, आलु, प्याज, सोयाविन, टमाटर, नुन वितरण हुने घोषणा गरेर अप्रिल ७ तारिख देखि राहत वितरण कार्य गरिसकेको अवस्था छ ।

राहतको लागि अति जोखिममा परेका विद्यार्थीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै विवरण टिपाउन अनुरोध गरिएको थियो । विवरण लागि विद्यार्थी कार्ड, कलेज कार्ड, पासपोर्ट वा पिन कार्ड लगायतका कागजातहरु संलग्न गर्नुपर्ने मापदण्ड तोकिएको थियो ।

त्यसको लागि एनआरएनए साइप्रले प्रत्येक क्षेत्रहरु मा गएर बिद्यार्थी दाजुभाई तथा दिदिबहिनी निकोसिया, लिमासोल, लार्नाका, आइनापा, पारालिमी र पाफोसमा रहेका आफ्ना प्रतिनिधी तयार पारेकाले सम्वन्धित प्रतिनिधिसंग सम्पर्क गर्न अनुरोध गरिए अनुसार नै प्रतिनिधिको रोहबरमा राहत वितरण गरिएको छ ।

विद्यार्थी बाहेक अन्य नेपालीलाई पनि अत्यावश्यक परेको अवस्थामा सहयोगको वास्तविकता हेरी आवश्यकताको पहिचान गरि माथी उल्लेखित राहत सामाग्री उपलब्ध गराइनेछ । आज प्रथम दिन ३८७ जना लाई राहत वितरण गरिएको छ ।

साइप्रसमा कोरोनाको कहरः यस्तो छ नेपालीको अवस्था

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…