Sansar News- Nepal's Fast Khabar Online News Portal

जिपी फाउण्डेसन अमेरिकाद्वारा सहयोग सामग्री हस्तान्तरण

संसार न्यूज़
१ महिना पहिले
जिपी फाउण्डेसन अमेरिकाद्वारा सहयोग सामग्री हस्तान्तरण

गिरिजाप्रसाद कोइराला (जिपी)फाउण्डेशन अमेरिकाले कोभिड– १९ को महामारीको चपेटामा परेका न्युयोर्कका नेपालीहरुलाई सघाउन अग्रसर रहेको छ ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ फाउण्डेशन अघि बढेको फाउण्डेसनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्न अग्रसर रहेको फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमीरेले बताए ।

न्युयोर्क राज्यका सेनेटर जोन सि. ल्यु को पहलमा Buddhist Tzu Chi Charity Foundation, Flushing, New York ले २ हजार थान सर्जिकल मास्क र न्वाला वुदोहरथी(समाजसेवी एवम् ज्याक्सन हाईट्स व्युटिफीकेसन ग्रुप, नन प्रफिट संस्थाकी अध्यक्ष)ले चामल, वेवी वाईप्स, ब्लिच, ग्लोभ्स, वेवि मिल्क र वेवि डाईपरहरु फाउण्डेसनलाई सहयोग गरेको पनि अध्यक्ष घिमिरेले जानकारी दिए ।

ती सामग्रीहरु केन्द्रीय सदस्य एवम समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामालाई हस्तान्तरण गरिएको थियो । प्राप्त सहयोग सामग्रीहरु फाण्डेसनले नेपाली समुदायलाई हस्तान्तरण गरेको हो । यसैक्रममा छिरीङ्ग राप्के लामाले १ हजार थान सर्जिकल मास्क नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गलाई हस्तान्तरण गरेका छन् । त्यस्तै ५०० मास्क घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, घ्याल्सुम्दो समाजकै ६ परिवारलाई वेवि वाईप्स, वेवि मिल्कसहरु र भोइस फर युथ, न्युयोर्कका नेपाली विद्यार्थीलाई २० पाउण्डको चार ब्याग जम्मा ८० पाउण्ड चामल हस्तान्तरण गरेका छन् ।

संकटका बेला सहयोग सामग्री उपलब्ध गराउने न्युयोर्क राज्यका सेनेटर जोन सि. ल्यु र न्वाला वुदोहरथी गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेले धन्यवाद एवम् आभार व्यक्त गरेका छन् ।

अध्यक्ष घिमिरेका अनुसार बाकी सामग्रीहरु छिरीङ्ग राप्के लामाले नेपाली समुदायमा वितरण गर्नेछन् । त्यसका लागि उनलाई (347) 652-3683 मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज २ हप्ता पहिले | संसार न्यूज़

१२ जेठ, काठमाण्डौं । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३…