back

एनआरएनएले सरकारलाई बुझायो कोभिड-१९ तथा राहत तथा उद्धार अवधारणापत्र

वि.सं.२०७७ वैशाख १४ आइतवार

171 

shares
NTC AD
Global IME AD

१४ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ तथा राहत तथा उद्धार अवधारणापत्र २०२० सरकारलाई बुझाएको छ ।

संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार कार्यदलका संयोजक डा. बद्रि केसीको संयोजनमा तयार पारिएको Non-Resident Nepali Association (NRNA) COVID-19 Relief and Repatriation Program 2020   अवधारणापत्रलाई संघको कार्यकारी बैठकले पारित गरि नेपाल सरकारलाइ बुझाइएको हो ।

अबधारणा पत्रमा बिशेष गरि कोभिड १९ र यसबाट नेपालीहरु तथा विश्व समुदायमा परेको अप्ठेरो, तत्कालको लागि गर्नुपर्ने काम र नेपाल सरकारको सहयोगबारे उल्लेख गरिएको छ । कार्यक्रमको सञ्चालन र व्यवस्थापन संबन्धि कार्यविधि पनि पत्रमा उल्लेख गरिएको छ ।

खासगरी उद्धार, राहत र उपचारमा केहि सहयोग गर्ने कुरामा पत्र तयार गरिएको छ । यसका लागि संघले ५ करोडको सिडमनी राख्ने र नेपाल सरकारको बैदेशिक रोजगार कल्याणकारी कोष अथवा अन्य कोषबाट १५ करोड रुपैया गरि जम्मा २० करोड रुपैयाको कोष बनाउने प्रस्ताव गरिएको छ ।

पत्रमा उद्धार र राहत संघका राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय तह, डायस्पोराका विभिन्न संघ-सँस्था र नेपाल सरकारका मिशन, राजदूतावास समेतको संयोजनमा काम गरिने कुरा प्रस्ताव गरिएको छ ।

राहत र उद्धार गर्नुपर्ने व्यक्ति र परिवारहरुको लागि अनलाइन डाटा कलेक्शन गर्ने, संघको हटलाइन फोन सेवाबाट सूचना लिने जस्ता विधिको समेत उल्लेख गरिएको छ । सो अबधारणा पत्र संघको वेबसाइटमा समेत अपलोड गरिने जानकारी संघका प्रवक्ता डिबी क्षेत्रीले दिएका छन् ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १२:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...