back

अफ्रिकामा रहेका कोरोना प्रभावित नेपालीको सहयोगका लागि जुटे अफ्रिकाका एनआरएनएहरु

वि.सं.२०७७ वैशाख १४ आइतवार

189 

shares
NTC AD
Global IME AD

१४ बैशाख, अफ्रिका । अफ्रिकामा रहेका कोरोना प्रभावित नेपालीहरुको राहत सहयोगका लागि अफ्रिकी देशमा रहेका एनआरएनए एनसीसीहरु जुटेका छन् ।

अफ्रिकामा रहेका नेपालीहरुलाई पर्न सक्ने अप्ठ्यारोमा राहत सहयोग जुटाउन ‘एनआरएनए अफ्रिका राहत कोष’ को पहिलो अनलाइन बैठक शनिबार (२५ अप्रिल) मा बसेको हो ।

राहत कोषका संस्थापक संयोजक हिक्मत थापाको अध्यक्षतामा अफ्रीकाका विभिन्न देशहरुका एनआरएनएन अध्यक्ष र एनआरएनएका सक्रिय अभियन्ताहरुको सहभागीतामा सम्पन्न गरिएको अनलाइ बैठकले विभिन्न छलफल तथा निर्णय गरिएको बताइएको छ ।

एनआरएनए अफ्रीका राहत कोषका सदस्य सचिव रमेश कंडेलका अनुसार उक्त बैठकमा सबै एनसिसिका अध्यक्षहरु र एनसीसी नभएको देशबाट कोषका लागि कार्यरत एकजना बरिष्ठ पदेन सदस्य रहने गरी सर्ब सहमतिमा निम्न पदाधिकारी सहितको कोष संचालनका लागि समिती गठन गरिएको छ ।

एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाको संयोजकत्वमा गठन गरिएको उक्त समितिको सहसंयोजकमा रोशन थापा, सहसंयोजक बिदुर खनाल, सदस्य सचिव रमेश कंडेल र कोषाध्यक्षमा कुल कार्कीलाई चयन गरिएको छ भने आवस्यकता अनुसार संयोजकले दुई सदस्य थप गर्न सकिने निर्णय समेत गरिएको छ ।

त्यसैगरी बैठकले केन्याको वाक्र्ले बैंकमा रहेको पुरानै खातालाई एक्टिभ गरेर मौज्दात रकमलाई असर नपर्ने गरी तीनजनाको साइन चल्ने गरी पुरानै खातालाई निरन्तरता दिइने निर्णय गरिएको छ ।

त्यस्तै सम्पुर्ण प्रतिबद्ध रकम सम्बन्धित देशको एनसीसी अध्यक्षमार्फत् र एनसीसी नभएको देशमा जिम्मेवार ब्यक्तिमार्फत् जम्मा गरि एक मुष्ट खातामा ट्रान्सफर गरिने बताइएको छ । उक्त खाता नम्बर सबैलाई छिट्टै उपलब्ध गराइने छ ।

बैठकले आ–आफ्नो एनसीसीबाट सम्भावित संस्था वा ब्यत्तिहरुलाइ अपिल गरि यथासक्य राहत संकलन अभियान चलाउन समेत अनुरोध गरेको छ ।

कोषमा हालसम्म युएस डलर ११ हजार ६०० जम्मा भइ सकेको जानकारी दिँदै यसलाई वृद्धि गर्दै युएसडी २० सम्म पुर्याइने बताइएको छ ।

आइभोरी कोस्ट, नाइजेरिया, जाम्बिया र बोत्स्वानाका एनआरएनए पदाधिकारी र कोषका सदस्यहरु उपस्थित रहेको उक्त बैठकले अफ्रीका क्षेत्रमा रहेका एनआरएनबीच छिटो छरितो सम्पर्कका लागि व्हाट्सप ग्रुप तयार गर्ने निर्णय समेत गरेको जानकारी गराइएको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १४:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...