back

अमेरिकामा तीनदिनमा दुई नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख १५ सोमवार

114 

shares
NTC AD
Global IME AD

१५ बैशाख, काठमाण्डौं । अमेरिकामा एकैसातामा दुई नेपालीको मृत्यु भएको छ । जसमा एक जनाको कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण र एकजना घरभित्रै मृत भेटिएका थिए ।

अमेरिकाको कोलोराडोको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको २४ अप्रिल (शनिबार) कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सपरिवार बोल्डरमा बस्दै आएका उनका दुई छोरी र एक छोरा रहेका छन् भने अमेरिकाबाट नेपाल आएकी श्रीमती लकडाउनका कारण नेपालमै रोकिएकी छन् ।

उनको मृत्युले मर्माहत भएको भन्दै अमेरिकामै रहेका गीतकार ज्ञानेन्द्र गदालले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

विराटनगर महानगरपालिका ३ घर भएका कार्की लामो समयदेखि बोल्डरमा रहदै आएका आएका थिए ।

त्यसैगरी अमेरिकाकै टेक्सासमा रहेका पोखराका दीपेश थापा विहिबार आफ्नै घरभित्र मृत भेटिएका छन् ।

उनका दाजु दिवस थापाका अनुसार पटक पटक फोन गर्दा पनि नउठेपछि कोठामा गएर हेर्दा उनी अचेत भेटिएका थिए । दिवसले तत्काल एम्बुलेन्स बोलाएका थिए । तर, एम्बुलेन्सका स्वास्थ्यकर्मीले दिपेशको मृत्यु भइसकेको जानकारी दिएका थिए । उनको मृत्यु हृदयघातबाट भएको प्रारम्भिक अनुसन्धानमा बताइएको छ ।  १७ वर्षदेखि अमेरिकामा रहँदै आएका थापा श्रीमती र दाजुसहित अमेरिकामा रहेका थिए ।

वि.सं.२०७७ वैशाख १५ सोमवार ०९:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...