Sansar News- Nepal's Fast Khabar Online News Portal

दवाडीको राजिनामा सँगै टुंगियो एनआरएनएमा सिईओ विवाद

संसार न्यूज़
३ महिना पहिले
दवाडीको राजिनामा सँगै टुंगियो एनआरएनएमा सिईओ विवाद

१५ बैशाख, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको सिइओ (प्रमुख कार्यकारी अधिकृत) को करिब ३ वर्षदेखिको विवाद अन्त्य भएको छ ।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयको नेतृत्व सम्हालेका डा. हेमन्त दवाडीले गत आइतवार राजीनामा दिएपछि विवाद अन्त्य भएको हो ।

तत्कालीन अध्यक्ष भवन भट्टले अर्का सिइओ राजेश राणालाई बर्खास्त गरेर दवाडीलाई नियुक्ति गरेका थिए ।
तर राणाले आफूमाथि अन्याय भएको भन्दै श्रम अदालतमा गएका थिए । अदालतले उनलाई पुनवर्हाली गर्न आदेश दिएको थियो । त्यसपछि एनआरएनए सचिवालयमा दुईजना सिइओ भए ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार दवाडीलाई ५८ वर्षे उमेर हदका कारण श्रम ऐन, बमोजिम अवकाश दिइएको हो । स्रोतले भन्यो, ‘हामी सो विवाद सुरुमै सल्ट्याउन चाहन्थ्यौ, तर लामो समयदेखि किचलो थियो । कानुनी प्रकृया पुर्याउन समय लाग्यो, अब दुईजना सिइओ विवाद सकियो ।

स्रोतले भन्यो, डा. दवाडीको करार सकिएको थियो । संघ ९ औंं सचिवालय बैठकले डा. दवाडीको करार नथप्ने निर्णय गरेको हो । स्रोतका अनुसार दवाडीलाई राजिनामा दिन वा बर्खास्तीको पत्र बुझ्ने मध्य एक रोज्न भनिएको थियो । दवाडीले आफै राजीनामा गर्ने बाटो रोजेका हुन् ।

यसअघि गत मार्च महिना बसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठकले कर्मचारी नियमावली संशोधन गरेर दवाडीलाई विदाई गर्ने बाटो खोलेको थियो । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा लामो अनुभव बटुलेका दवाडीले संघको दोस्रो पटक सिइओ सम्हालेपछि संघभित्र आर्थिक बिकृति भित्रिएको र नेतृत्व क्षमतामै प्रश्न उठेपछि उनी आलोचित थिए ।

यसैबीच पूर्वकार्यकारी निर्देशक राजेश राणालाई संघले भ्याट छली प्रकरणमा स्पष्टिकरण सोधेको छ । गैरआवासीय नेपाली संघको नेतृत्व अध्यक्ष कुमार पन्तले समालेपछि गरिएको विस्तृत आर्थिक लेखा परिक्षण (डिडिए) ले सरकारलाई तिर्नुपर्ने भ्याट नियमवितरित देखिएपछि राणालाई स्पष्टिकरण सोधिएको बताइएको छ ।

राणालाई तत्कालीन अध्यक्ष शेष घलेले आफ्नो कार्यकालको अन्त्यमा एकै पटक १ लाख रुपैयाँ तलव बृद्धि गरिदिएपछि विवादमा आएका थिए । पन्तले आफ्नो घोषणापत्रमै संघको सचिवालयको रिफर्म (पुनरावलोकन ) गर्ने एजेन्डा अघि सारेका थिए ।

संघले लाप्राक र केही स्थानीय कर्मचारीलाई समेत विदाई गर्ने निर्णय गरेको छ । संघको केन्द्रीय कार्यालयमा अनावश्यक कर्मचारी रहँदा ठूलो आर्थिक दायित्व व्यहोरेको थियो ।

स्रोतका अनुसार संघले तत्काल सिइओको जिम्मेवारी कसैलाई पनि नदिने भएको छ । संघको विधानअनुसार प्रसाशनिक प्रमुखको जिम्मेवारी संघका महासचिवलाई दिइएको छ । करिब २ लाखभन्दा बढी तलवसहित गाडी, भत्तालगायतको सुविधा रहेको एनआरएनए केन्द्रीय कार्यालयको सिइओ पद आकर्षक मानिन्छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…