back

एनआरएनए आयरल्याण्डद्धारा मृतकका परिवारलाई २ हजार र राहतकोषमा १ हजार युरो आर्थिक सहयोग

वि.सं.२०७७ वैशाख १५ सोमवार

159 

shares
NTC AD
Global IME AD

१५ बैशाख, आयरल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए आयरल्याण्डले आयरल्याण्डमा मृत्यु भएकी उजेली कुमारीको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

समितिको कोभिड-१९ सहयोग तथा समन्वय समितिको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

समितिका संरक्षक तथा यूरोप उपसंयोजक शुक्रराज न्यौपानेको बिशेष उपस्थितिमा संयोजक एवं अध्यक्ष मिलन छन्त्यालको अध्यक्षता तथा महासचिव ओम अधिकारीको सञ्चालनमा सम्पन्न भएको उक्त बैठकमा समितिका सदस्य तथा आईसीसी सदस्य विनोद कार्की, पूर्वअध्यक्ष एवं संरक्षकहरु गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, प्रमूख सल्लाहकार बसन्त न्यौपाने, उपाध्यक्षहरु अवेद्य पाणि गौतम, रामप्रसाद सापकोटा, सुनिता कार्की, कोषाध्यक्ष सुमन गुरुङलगायतको उपस्थित रहेको बैठकले उक्त समितिका पंजिकृत सदस्य तथा उजेलीका श्रीमान रमेश कुमारलाई २ हजार युरो सहयोग गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सोहि बैठकले केन्द्रको कोभिड १९ राहतकोषमा १ हजार युरो सहयोग गर्ने निर्णय समेत गरेको छ ।
समितिले कोभिड १९ को महामारीको कारणले प्रभाबित आयरल्याण्डवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले आयरल्यान्ड सरकारबाट उपलब्ध हुने welfare प्राप्त नगरेको तथा राहत आवश्यक परेको खण्डमा समितिमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

कोभिड १९ सहयोग समितिले आयरल्याण्डमा रहेका सहयोगी मनका धनीहरुले एनआरएनए आयरल्याण्डको खाता नम्बर NRNA NCC IRELAND CLG, AIB BANK DAME STREET DUBLIN 2, IBAN: IE62AIBK93208661644176 BIC: AIBKIE2D मा रकम जम्मा गरेर समस्यामा परेकाहरुलाई मल्हम लगाउन सकिने जानारी मिेत दिइएको छ ।

वि.सं.२०७७ वैशाख १५ सोमवार २०:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...