Sansar News- Nepal's Fast Khabar Online News Portal

वैशाख शुक्लपक्ष, पञ्चमी मंगलवार, यस्तो छ तपाईको आजको राशीफल

उपप्रा। लक्ष्मीप्रसाद बराल (फलित ज्योतिषाचार्य) ९८४१३५२१६४
४ महिना पहिले
वैशाख शुक्लपक्ष, पञ्चमी मंगलवार, यस्तो छ तपाईको आजको राशीफल

१६ वैशाख, काठमाडौँ । वि.सं २०७७ वैशाख १६, मंगलवार (इ.स. २०२०, अप्रिल २८, ने.सं ११४० बछलाथ्व। वैशाख शुक्लपक्ष । पञ्चमी, ११ः ५७ उप्रान्त षष्ठी, आजको राशीफल ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ । समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउन सक्छ । तर, नयाँ परिवेशमा पुगिए पनि दुविधाले निर्णायक मोड लिनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

आज सोमबार, यस्तो छ तपाईको राशिफल,ज्योतिष भन्छन्-यी राशिकाले विशेष ध्यान दिनुहोस्

 

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…