Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् यस्तो छ आज (बैशाख १७ गते) को राशिफल, कुन राशिकालाई छ त आज शुभ ?

संसार न्यूज़
४ महिना पहिले
हेर्नुहोस् यस्तो छ आज (बैशाख १७ गते) को राशिफल, कुन राशिकालाई छ त आज शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ब्चष्भकसाहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रनाले आफन्त टाढिन सक्छन् ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ । प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरू जुट्नेछन् । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साँझतिर भने केही विवादास्पद काममा जुट्नुपर्ला। आफ्नै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ । दाम कमाउने बेला छ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा सतर्कता अपनाउनुहोला । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ । विशेष भेटघाटले उत्साह बढाउनेछ । अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आफ्नो श्रमको लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोल ा।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ । साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । कामले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ । तर वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन् । भेटघाट र खानपानमा समय व्यतीत हुनेछ । साँझतिर व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ । अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चलप्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । साँझतिर केही फजुल खर्च बढ्न सक्छ। विवाद तथा मुद्दाहरूमा अलि होसियार रहनुपर्नेछ । ऋण, शत्रु र रोगबाट विशेष सजग रहनुपर्ला ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरमा दिएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । कामले सम्मानित स्थान दिलाउनेछ ।

वैशाख १७ बुधवार अप्रिल २९
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वैशाख शुक्लपक्ष, पञ्चमी मंगलवार, यस्तो छ तपाईको आजको राशीफल

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…