Sansar News- Nepal's Fast Khabar Online News Portal

बिदेशमा भएकाको समेत चिन्ता गर्ने यो वडा

संसार न्यूज़
२ महिना पहिले
बिदेशमा भएकाको समेत चिन्ता गर्ने यो वडा

१७ वैशाख । अलपत्र परेर गाउ फर्कन खोजेका र महामारीको कारण मनोबल कमजोर भएर निराश भएका नागरीकलाई हतोत्साहि गराएका घटना समेत आइरहेका बेला पर्बतको महाशिला गाउपालिकाको एउटा वडाले भने बिदेशमा रहेका वडाबासीको समेत चिन्ता लिएको छ ।

महाशिला गाउपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष जीवन उच्चै ठकुरीका अनुसार महाशिला गाउँपालिका ५ न वडा कार्यालय लुङ्खु देउरालीले संकलन गरेको घर धुरी सर्बेक्षण अनुसार हाल वैदेशिक रोजगारीको शिलशिलामा २८९ जना नागरिक विभिन्न मुलुकहरुमा रहेको र हालसम्म पारिबारिक जानकारी अनुशार सबै सुरक्षीत रहेको बताएका छन । बिदेशमा रहेका वडाबासीहरुलाई वडा कार्यालयले निरन्तर सम्पर्कमा ल्याउन परिबारसग समन्वय गरिरहेको जनाएका छन । उनले कुनै समस्या परेमा तुरुन्तै वडा कार्यलयमा जानकारी गराउनुसमेत अनुरोध गरेका छन ।

उनका अनुसार भारतमा ७८, कतार ५५, साउदी अरब २७, मलेसिया ८, अस्ट्रेलिया ८, युएइ २५, न्यूजिल्याण्ड ३, सिङापुर १८, पोर्चुगल ६, फ्रान्स १, जापान २०, हङकङ ८, बहराइन १, कोरिया ५, कुबेत ३, ओमन १, क्यानडा ८, अमेरिका ७, जर्मन १, स्पेन ४, रसीया १, थाइल्याण्ड १ रहेका छन ।

अन्तर्राष्ट्रिय उडान खुल्ने बित्तिकै घर आउने इच्छुकहरुलाई १ महिना सामुदायिक क्वारेन्टाइनमा राख्नको लागि वडा अन्तरगत रहेको १७ वटा निजि घरहरुको लगत संकलन गरि घर धनीहरुसग सम्पर्क गरि छलफल गर्ने र १५ वटा खाली रहेका विभिन्न सामुदायिक भबनहरुको सरसफाइ गरि शौचालय पानी, बिजुली बत्ति तयारी हालतमा राख्ने कार्ययोजना समेत तयार गरेको बताएका छन ।

स्थानीय कृषि उत्पादनलाई दान स्वरुप संकलन गरि गाउँ भकारी सन्चालन गर्ने कामका लागि उक्त वडामा रहेको महाशिला प्रकोप ब्यबस्थापन इकाई समितिमा रहेको २ मुरी कोदोबाट सुरुवात गरेको समेत जानकारी गराएका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…